एमाले अध्यक्ष ओलीलाई प्रसाई भारी, प्रहरी रिपोर्ट भन्छ सबै पार्टीलाई दुर्गा चुनौती

एमाले अध्यक्ष ओलीलाई प्रसाई भारी, प्रहरी रिपोर्ट भन्छ सबै पार्टीलाई दुर्गा चुनौती
  • २७ बैशाख २०८१, बिहीबार ०७:३०

काठमाडौँ– नेकपा एमालेभित्र मेडिकल व्यवसायी दुर्गा प्रसाईको चर्चा सुरु भएको छ । प्रसाईका कारण एमालेलाई ठुलो धक्का र समस्या सिर्जना भएको एमालेले हालै सार्वजनिक गरेको एक लिखित प्रतिवेदनमा उल्लेख छ ।

mulpatra

संस्थागत र सामूहिक नेतृत्व प्रणालीबाट पार्टी सञ्चालनमा कमजोरी गरेको भन्दै एमालेमा अध्यक्ष केपी ओलीको संस्थागत आलोचना भएको छ । प्रसाईं बहिर्गमनको घटनाक्रमले पार्टी बदनाम भएको एमालेको बुझाइ छ ।

गत ८ र ९ वैशाखमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा केन्द्रीय सल्लाहकारका अध्यक्ष अमृत बोहराले पेस गरी पारित प्रतिवेदनमा प्रसाईंका कारण एमालेलाई आगामी निर्वाचनमा ठुलो समस्या सिर्जना हुने बताइएको छ । बोहराका अनुसार प्रसाईका विषयमा एमालेभित्र चर्चा चलेको छ । उनी धेरै एमालेमाथि खनिएका छन् । जसका कारण जनतामा एमालेप्रति नकारात्मक सन्देश फैलिएको उनको भनाइ छ ।

प्रसाई बहिर्गमनको घटनाक्रमले पार्टी बदनाम र उनीसँग टक्कर लिदाँ झन ठुलो समस्या सिर्जना भएको एमालेको लिखित प्रतिवेदनमा भनिएको छ । ओलीसँग टाढिएर एमालेलाई चुनावमा असहयोग गरेका प्रसाईंलै ७ फागुन २०७९ मा एमाले परित्याग गरेको घोषणा गरेका थिए । त्यसपछि उनले राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन् ।

गत मंसिर ७ मा प्रसाईले गरेका आन्दोलनको अहिलेसम्म चर्चा छ । त्यतिबेला प्रसाईको भन्दा युवा संघको आन्लोदन कमजोर भएको जनतामा भ्रम फैलिएको समेत एमालेले स्वीकारेको छ । मंसिर ७ गते युवा संघले कार्यक्रम प्रसाई जुधाउनु ठुलो कमजोरी भएको समेत भनिएको छ ।

यस्तै, नेपाल प्रहरीले गत मंसिरयता गरेको विभिन्न अध्ययनमा समेत प्रसाईलाई उदयमान नेताका रुपमा जनताले हेर्ने थालेको बताइएको छ । प्रसाईलाई विदेशी शक्तिले समेत उदयमान नेताका रुपमा स्वीकारेको प्रहरी रिपोर्टमै उल्लेख गरिएको छ ।

प्रहरीको उक्त प्रतिवेदन सार्वजनिक भएको छैन । प्रहरीकाअनुसार राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानमा अहिले जनताको समर्थन र विश्वास समेत बढ्न थालेपछि सबै राजनीतिक दललाई चुनौती थपिएको प्रहरीकै अध्ययनमा भनिएको छ ।

प्रहरीले गरेको एक अध्ययनमा दुर्गा प्रसाईको आन्दोलनमा जनताका विश्वास बढेको छ भने, उनलाई अन्य राजनीतिक दलभन्दा बढी जनताले मन पराउन थालेका छन् । प्रहरीका अनुसार सबै राजनीतिक दलभन्दा प्रसाई प्रहरी रिपोटमा जनताले रुचाइएका उदयमान नेतामा अगाडी छन् । जसका कारण उनीमाथि सबै राजनीतिक दल खनिएको प्रहरीकै रिपोर्ट बताउँछ ।

प्रहरीले गरेको विभिन्न अध्ययनमा सबै राजनीतिक दलभन्दा प्रसाई जतनाले चाहेको नेतामा परेका छन् । प्रसाईले भने सामान्य जनताका समस्या राष्ट्रकरण गर्दा म राजनीतिक दलको समस्या भए । अहिले जनताले देशमै बस्ने, आफनै देशमा केही गर्ने र देशमा काम गर्ने नेतृत्व खोजेकका छन् । अहिलेका राजनीतिक पार्टीबाट यी सबै पारा नलाग्ने उनले बताए । नेपाल सुन्दर मात्र आर्थिक रुपमा सफल बनाउने आफनो अभियानको लक्ष्य रहेको उनको भनाइ छ ।