सहकारीबाट बच्न गृहमन्त्री रविले देउवापत्नी र छोरासँग सौदाबाजी गरेको प्रसाईको आरोप

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफु सहकारी काण्डबाट बच्न कांग्रेस सभापति शेरबहादुर देउवासँग सौदाबाजी गरेको खुलासा भएको छ । गृहमन्त्री लामिछाने जीवि राईसँग मिलेर कराडौं सहकारीको रकम हिनामिना गरेको मुद्धा विभिन्न जिल्लामा छानबिन भइरहेको छ ।
भने उनीले सहकारीमा जम्मा गरेको पैसा खाएको भन्दै हजारौं पीडितले प्रहरीमा उजुरी समेत दिइरहेका छन् । गृहमन्त्री स्यंम लामिछाने नै भएका कारण अहिले पीडितका मुद्धा प्रहरीले अगाडी बढाउन सकेको छैन ।
यसै बेला गृहमन्त्री लामिछानेले कांग्रेस सभापति शेरबहादुृर देउवा पत्नी आरजु राणा र उनका छोरा जयवीर देउवाको सम्पति छानबिन नगर्ने र्शतमा सबै मुद्धा तत्काल अगाडी नबढाउने दुवै पक्षबीच सहमति भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
लामिछानेले तत्काल देउवा पत्नी राणा र उनको छोराको सम्पति छानबिन नगर्ने र कांग्रेसले पनि लामिछानेको सहकारी काण्ड सासंद बैठकमा नउठाउने एक किसिमको सहमति भएको पाइएको छ ।
प्रहरी स्रोतका अनुसार लामिछाने र देउवाबीच एक किसिमको सहमति भइसकेको छ । त्यसैकारण आज कांग्रेसले लामिछानेलाई सासंद बैठकमा संम्बोधन गर्न दिने सहमति भएको गृह स्रोतको दाबी छ । तर कांग्रेसका दोस्रो तहका नेता यस विषयमा सहमति हुन नसकेको पाइएको छ ।
आरजु राणाले विभिन्न क्षेत्रमा कमाएको सम्पति छानबिनका लागि गृहमन्त्रालय फाइल अगाडी बढाउने तयारीमा थिए । तर उनको सहकारी काण्डका विरुद्ध कांग्रेसले एक महिनादेखि सास.द बैठक अवरुछ गर्दै आएको छ ।
लामिछानेले सौदाबाजी गर्न लागेको विषयमा अहिले सामाजिक सञ्चालमा चर्चा समेत सुरु भएको छ । यस विषयमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले समेत आफनो भनाइ पोष्ट गरेका छन् । उनले कांग्रेस र राश्वपाले हजारौैं सहकारी पीडितको आसु भ्रष्टाचार गर्ने नेतासँग सौदाबाजी गरेको आरोप लगाएका छन् ।

प्रसाईले देशको नैतिकता सबै राजनीतिक दलले सकेको समेत बताएका छन् । जनता र उनीहरुप्रति कुनै पनि राजनीतिक दल जिम्मेवार र जवाफदेहिता नभएको समेत प्रसाईले औल्याएका छन् । जनताले उनीहरुसँग चाँडै सबै हिसाबकिताव खोज्ने समेत प्रसाईको दाबी छ ।
कांग्रेस र राश्वपाले आफनो वास्तविक रुप देखाएको उनको भनाइ छ । देउवापत्नी राणाले भुटानी शरणर्थी काण्डमा अबौं रकम कुम्ल्याएको र उनका छोरोले कोरोना महामारीमा स्वास्थ्यका नाममा अबौं सम्पति कमाएको उजुरी सम्पति शुद्धिकरणमा परेको छ ।
