‘कुवेतीको त्यो घरभित्र राक्षसी पुरुषहरुले पटक–पटक यौन शोषण गरे’

काठमाडौँ–काभ्रे पाँचखालकी एक महिला भिजिट भिसामा वैदेशिक रोजगारीको प्रलोभनमा परी गत मंसिरमा यूएई पुगिन। यूएई दुई साता बसेपछि उनीलाई एजेन्टले कुवेत पठाउन मध्येरातमा एक जना महिला एजेन्टलाई जिम्मा लगायो।
ती महिला एजेन्ट नेपालीकै शोभिता प्रजा थिइन्। एजेन्ट शोभिताले मध्येरातमा गाडीमा हालेर यूएईको सिमाना कटाएर अर्कै एजेन्टालाई जिम्मा लगाएको वैदेशिक रोजगार विभागको उजुरी शाखामा भेटिएकी पाँचखालकी ती महिलाले जानकारी दिइन्।
एसएलसीसम्म अध्ययन गरेकी उनीलाई वैदेशिक रोजगारीमा जाने रहर एक बर्षदेखि नै लागेको थियो। उनीले गत असोजमा एक जना साथीमार्फत सिन्धुपाल्चोक भोटेकोशीका टासी शेर्पा र ङिमबुटी शेर्पाको सम्र्पकमा पुगिन।
शेर्पाले यूएईको एक सिलाई–बुनाई कम्पनीमा महिनाको ९० हजार कमाउन प्रलोभन देखाएपछि नेपालमा बस्न मन नलागेको उनी बताउँछिन्। उनका अनुसार शेर्पाले कात्तिक अन्तिममा २ लाख ३० हजार लिएर भिजिट भिसामा यूएई पठायो।
यूएईमा सिलाई–बुनाइको रोजगारी भनेर एजेन्टले पठाएपनि अन्तिममा कुवेतको घरेलु रोजगारीमा पु¥याएको उनले बताइन्। ‘कुवेत पुगेपछि मात्र घरेलु रोजगारीमा एजेन्टले पठाएको थाहा भयो। त्यहाँ पुगेको तेस्रो दिन एजेन्टले एक कुवेती नागरिकको घरमा काम गर्न गाडीमा हालेर पु¥यो।’ उनले भनिन, ‘म काम गर्ने घर गाँउ र शहरको बीचमा थियो। त्यो घरमा प्राय दुई जना लफुङगा केटा बस्थे। ती दुवै जना राक्षसी प्रवृत्तिका थिए। ती पुरुषबाट बच्न सकिन।’
मैले काम गर्ने घरका केटाहरु अवैध रुपमा गाँजा र रक्सी सप्लाईको काम गर्दा रहेछन्। त्यहाँ सात महिना काम गर्दा कसरी भाग्ने र यहाँबाट फुत्किने भन्ने मात्र भयो। काम सुरु गरेको एक सातापछि ती पुरुषले गाँजा खाएपछि मेरो इज्वत समेत लुट्न थालेको उनले बताइन्।
‘ती पुरुषले गाँजाको तालमा जे गरेपनि सहेर बस्नुप¥यो। भाषापनि राम्रो नआउने भएका कारण उनीहरुले दिएको सबै पीडा सहनुपर्ने बाध्यता थियो।’ उनले भनिन।
कुवेतीको त्यो घरमा हप्तैपिच्छे पार्टी हुन्थ्यो। त्यहाँ नेपाली केटाहरु पनि पार्टी खान आउँथिए। उनीहरु कुवेतमा अवैध रुपमा बसेका रहेछन्।
गत चैत अन्तिममा दाङका एक जना दाईको सहयोगमा कुवेतस्थित नेपाली दूतावासको सम्र्पकमा पुगेपछि स्वदेश फर्किन सफल उनले जानकारी दिइन्।
उनी भन्छिन्। ‘कुवेतीको घरमा काम गर्दा कतिपटक हाम फालेर अत्माहत्या गर्ने समेत खोजे। एक महिना अगाडी ती दाङका दाई नभेटेको भए म पक्कै अत्माहत्या गर्थिए होला।’
कुवेतमा नेपाली महिला धेरै पीडित छन्। शोषित र पीडित महिला समाजमा बेइज्जत हुने डरले दबिएर त्यहाँ काम गर्न बाध्य भएको उनको भनाइ छ। उनका अनुसार कुवेतबाटै नेपाली महिला खाडीका देशमा अवैध रुपमा सप्लाई हुँदो रहेछ। मसँगै ४० जना महिला घरेलु रोजगारीका लागि भिजिट भिसामा यूएई हुदै कुवेत लगिएको उनी बताउँछिन्।
रोजगारीको खोजीमा रहेका धेरै महिला बेचविखनमा परेपनि बाध्यताले फस्ने गरेका छन्। रोजगारीका नाममा धेरै महिला पीडित मात्र होइन यौन शोषणमा पर्ने गरेका छन्। कुवेतमा पु¥याइएका कतिपय महिला यौन कार्यकै लागि लगिने गरेको उनको दाबी छ।
सरकारले युवामैत्री योजना ल्याएर रोजगारी सिर्जना गरे कोही ज्यानको बाजी थापेर वैदेशिक रोजगारीमा नजाने उनी बताउँछिन्। एजेन्टले घरेलु रोजगारीमा होइन। नेपाली महिलालाई यौनका लागि खाडीका देश लैजान्छन्। यसरी खाडीका देश लगिएका महिला सामान्य लेखपढ भएका हुने गरेको उनको भनाइ छ।
कुवेतस्थित नेपाली दूतावासको सहयोगमा बैशाख २२ गते स्वदेश फर्किएकी उनीसँग वैदेशिक रोजगार विभागमा भेटेर गरेको आधारमा यो रिपोर्ट तयार पारेको हो।
उनी त प्रतिनिधि पात्र मात्र हुन्। उनीहरू जस्तै रोजगारीको खोजीमा विदेशिने महिला संख्या पछिल्लो समय बढ्दै गएपनि समस्या समेत बढ्न थालेको वैदेशिक रोजगार विभागका कर्मचारीहरु बताउँछन्।
यस्तै, अवैध बाटो प्रयोग गर्ने तथा पर्यटक भिसामा देश छाड्ने महिलाको संख्या जोड्ने ठृुलै भएको पौखरी नेपालकी अध्यक्ष मन्जु गुरुङ बताउँछिन्। नेपालमा आर्थिक अवस्था कमजोर र सामान्य शिक्षा लिएका महिला पछिल्लो समयमा अवैध माध्यमबाट घरेलु रोजगारीमा गइरहेका छन्। यसमा सबैभन्दा ठुलो कमजारी सरकारकै भएको उनको आरोप छ।
पछिल्लो समय वैदेशिक रोजगारीमा महिला संख्या बढ्दै जानुको कारणमा स्वदेशमा सानातिना अवसर नभएको उनको भनाइ छ।
विशेषगरी घरेलु कामदारका रूपमा नेपाली महिलाको बढी माग हुने खाडीका देश र मलेसिया हो। यी देशमा अहिले भिजिट भिसामा व्यक्ति, एजेन्ट र म्यानपावरले महिला पठाउने गरेको छन्।
वैदेशिक रोजगारीमा जाने भनेपछि अनेक बाटा अपनाउँदै नेपाली महिला घरेलु कामदारका रूपमा खाडीका देश जाने गरेका छन्। उनीहरु ती देश पुग्न दलालमार्फत नै जानेगरेका छन्।
पछिल्लो समय भिजिट भिसामा दैनिक ४ सय महिला घरेलु रोजगारीका लागि खाडी देश जाने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भिजिट भिसासम्बन्धी एक अध्ययनमा भनिएको छ।
गृहमन्त्रालयले गत माघमा भिजिट भिसा जान खुकुलो नीति बनाएपछि खाडीका देश र मलेसिया जाने महिलाहरुको संख्या बढेको अध्यागमन विभागको तथ्यांकमा छ।