प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको संसदमा किन हाँसाे र खिल्ली उडाइयो

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको संसदमा किन हाँसाे र खिल्ली उडाइयो
  • १ जेष्ठ २०८१, मंगलवार १३:५२

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रममा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम चलाउने उद्घोष गरेपछि ससंखहरु हाँसेका थिए। उनले प्रधानमन्त्री छोरी कार्यक्रममा सबै ससंद हाँसेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले समेत हाँसेको देखिन्छ।

mulpatra

राष्ट्रपतिले यो कार्यक्रमको बुँदा घोषणा गर्नासाथ प्रधानमन्त्री पुष्प कमल दाहाल नजिकै बसेका उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ पनि मुखामुख गर्दै हाँसेपछि अन्य सासंद पनि हाँसेका थिए। उपप्रधानमन्त्रीद्वय महासेठ र श्रेष्ठ हाँसेपछि सबै ससंद राष्ट्रपतिले यो कार्यक्रम घोषणा गर्दा हाँसेका छन्।

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम राष्ट्रपतिले उच्चारण गर्दा प्रधानमन्त्री प्रचण्डतिर धेरै ससंदको ध्यान केन्द्रीत भएको देखिन्छ। यो कार्यक्रम प्रधानमन्त्रीकै प्रथामिकतामा आएका कारण संसदहरु हाँसेको अनुमान बैंठकमा सहभागि एक जना एमालेका संसदको छ।
उनका अनुसार ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम महत्वविहिन भएका कारण ससंदहरु हाँसेको हुनसक्छ। तर ससंदमा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम घोषणा गर्दा हास्नु सामान्य विषय नभएको उनको तर्क छ।

mulpatra mulpatra mulpatra

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम प्रचण्डका छोरीहरु लक्षित हो कि भनेर ससंदहरु हाँसेको ती संंसदको अनुमान छ।।

राष्ट्रपति पौडेलले महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सबल बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने घोषणा गरेपछि सांसदहरु मुखामुख गर्दै हाँसेका थिए। त्यसको चर्चा अहिले सामाजिक सञ्जालमा सुरु भएको छ।

सरकारले यस कार्यक्रममार्फत बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचविखन तथा बलात्कार, दाइजो, छाउपडीजस्ता सामाजिक विकृति, अपराध र शोषण अन्त्य गरिने घोषणा पनि गरेको छ।

Image Source: © https://mulpatra.com

भने दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलाई प्रदेशसँगको समन्वयमा विस्तार गर्नेसमेत सरकारले घोषणा गरेको हो।