Close

Recent Posts

टुँडिखेलमा बालेनको हाई–हाई

टुँडिखेलमा बालेनको हाई–हाई
  • ३ जेष्ठ २०८१, बिहीबार ०७:०४

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले वैशाख १९ गतेदेखि ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम सञ्चालनमा गरिरहेको छ। महानगरको यो कार्यक्रम जेठ २५ गतेसम्म चल्ने छ ।

mulpatra

२०८१ जनालाई ३४ क्षेत्रमा रोजगारी दिने लक्ष्यका साथ सञ्चालन भएको कार्यक्रममा एक महिनाभित्र ६० हजारभन्दा बढी कामको खोजीमा रहेका युवाले आवेदन दिने महानगरको अनुमान छ ।

एक महिनाभन्दा बढी चल्ने ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहको हाई–हाई समेत भइरहेको छ। यसका कार्यक्रमपछि उनी सामाजिक सञ्चालनमा बहसको विषय बनेका छन् .

mulpatra mulpatra mulpatra

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा आवेदन दिन टुँडिखेल पुगेका युवाहरुले महानगरका प्रमुख शाहको गुनगान समेत गाइरहेका छन्।
काठमाडौँ महानगरले चालु आर्थिक बर्षभित्र १५ हजारलाई रोजगारी दिने लक्ष्य अघि सारेपनि पाँच हजारलाई यसका कार्यक्रममार्फत रोजगारी दिन सकिने अनुमान गर्न थालेको छ .

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममार्फत पहिलो चरणमा २० हजार ८१ जनालाई रोजगारी दिने लक्ष्य रहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। उनको अनुसार यसै कार्यक्रमबाट करिब पाँच हजार रोजगारी सिर्जना हुने हाम्रो अनुमान छ।

एक महिनाअघि महानगरका प्रमुख बालेन्द्र शाहले चालु आर्थिक बर्षभित्र २०८१ जनाले रोजगारी दिनेगरी ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’को घोषणा गरेका थिए। उनले भिडियो सन्देशमार्फत गरिबी, फुटपाथबाट लेखेटिएका वर्ग, पछाडिएका नागरिक र अन्य क्षेत्रका नागरिकलाई रोजगार दिने घोषणा गरेका थिए। सोहीअनुुसार गत सातादेखि महानगरले टुँडिखेलमा रोजगारीको खोजीमा रहेको युवाको आवेदन रोजगारदाता कम्पनीकै संलग्नतामा लिइरहेको छ।

Image Source: © https://mulpatra.com

काठमाडौँस्थित बानेश्वर क्याम्पसमा अध्ययरत पोखराका जिवन सार्की लाइट भेहिकल मेन्टिनेन्स तालिमका लागि आवेदन दिन टुँडिखेल पुगेका छन्। उनको सानैदेखि लाइट भेहिकल मेन्टिनेन्सको तालिम लिने इच्छा थियो।

महानगरपालिका प्रमुख बालेन शाहले युवा केन्द्रीत तालिम सञ्चालन गरेर हामीजस्ता विद्यार्थीलाई रोजगारीका लागि सहजीकरण गरेको सार्कीले बताए। ‘महानगरले तालिमसहित रोजगारीका लागि आवेदन लिइरहेको छ। मैले ठुलो आस बोकेर लाइट भेहिकल मेन्टिनेन्स तालिमका लागि परामर्श लिए।’ उनले भने, ‘सरकारले रोजगारीको खोजीमा रहेका युवालाई यस्तै कार्यक्रम सञ्चालन गर्नुपर्छ। अध्ययन सकेपछि कम्तिमा यति काम सिकेको छु भनेर रोजगारीका लागि आवेदन दिन समस्या हुँदैन्।’

सार्कीजस्तै, चितवनकी अमृता भुजेलपनि टुँडिखेलमा कौसी खेती (भर्टिकल फार्मिङ्) तालिमका लागि परामर्श लिन पुगेकी छिन्। रोजगारदाताले सिपयुक्त जनशक्तिका लागि तालिम र रोजगारीका लागि परामर्श दिएकोमा उनी निकै खुशी छिन्।

काठमाडौँ महानगरका प्रमुख बालेन साहले बेरोजगारी युवाका लागि ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम सञ्चालन गरेर राम्रो काम गरेको उनले बताइन्। ‘सम्बन्धित रोजगारदातासँग मैले आफुले लिन तालिमका बारेमा जिज्ञासा राखे। हाम्रो परिवार चितवनमा कोशी खेती समेत गर्दैै आएकाले रोजारदाताहरुले पनि मैले तालिम लिन विषयमा राम्ररी सुनुभयो। त्यहीँ भएर तालिमको आस पनि लिएको छु।’ उनले भनिन।

काठमाडौँमा सरसफाईको काम गर्दै आएको थिए। अब ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’मार्फत तालिम लिएर कौशी खेती गर्ने योजना रहेको उनले सुनाइन्।

टँडिखेलमा आवेदन दिन आएका युवाहरु काठमाडौँ महानगरले गरेजस्तो ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम हरेक स्थानिय तहले गर्नुपर्ने बताउँछन्।

काठमाडौँ महानगरका प्रमुख बालेन शाहले काठमाडौँमा बस्ने देशभरका नागरिकका बारेमा सोचेर यस्तो कार्यक्रम सञ्चालन गरेप्रति उनीहरु खुशी छन्।
महानगरका प्रमुख शाहले देशको बेरोजगारी समस्या समाधान गर्न ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम गरेको नुवाकोटका प्रविन घिमिरे बताउँछन्। उनका अनुसार सरकारले पनि काठमाडौँका प्रमुख शाहले जस्तै श्रमशक्ति उत्पादनका लागि कार्यक्रम ल्याउनुपर्छ।

अहिले सीप नभएका युवा वैदेशिक रोजगारीमा जोखिम मोलेर काम गर्न विदेशी गइरहेका छन्। काठमाडौँ महानगरले जस्तै अन्य स्थानिय तहले पनि रोजगारी केन्द्रीत तालिम सञ्चालन गर्नु भने उनीहरुले लाभ लिने उनले बताए।
‘काम गर्न ठुलो योजना र पैसा नचाहिँदो रहेछ। राम्रो काम गर्न खोज्नुपर्छ। त्यसपछि काम गर्न अप्ठयारो हुँदैन् भन्ने उदाहरण काठमाडौैँ महानगरका मेयरले दिनुभएको छ।’ उनले भने।

महानगरले चालु आवमा १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य सहित प्रस्तुत योजना कार्यान्वयनका लागि १० करोड रुपैयाँ विनियोजन गरेको महानगरका प्रवक्ता मानन्धरले जानकारी दिए।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’मा ७० वटाभन्दा बढी रोजगारदाता कम्पनीले अनलाइनमार्फत आवेदन दिएका युवालाई रोजगारीसँग तालिमका विषयमा परामर्श दिइरहेका छन्।

उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), फेडेरेसन अफ नेप्लिज इण्डष्ट्री (सीएनआई), नेपाल उद्योग परिसंघ, (कन्फेडेरेसन अफ नेप्लिज इन्डष्ट्रीज, सीएनआइ), च्याम्बर अफ कमर्स काठमाडौँ जस्ता उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित संघ महासंघ, काठमाडौँ विश्वविद्यालयसहित शैक्षिक प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) लगायत तालिम प्रदायक संस्था र केही उद्यमीहरुपनि महानगरको कार्यक्रममा सहभागि भएका छन्। यी सबै संस्थाले अहिले टुँडिखेलमा स्टल राखेर तालिम र रोजगारीका लागि आवेदन दिएको युवालाई परामर्श दिइरहेका छन्।

महानगरपालिकाले प्रोफेसनल इलेक्ट्रिसियन एन्ड प्लम्बिङ, सफ्टवेयर डिभलपमेन्ट, प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किङ तथा सीसीटीभी क्यामरा जडान तथा मर्मत, ब्युटिपार्लर तथा सैलुन, सिलाइ कटाइ तथा फेसन डिजाइनिङ,कन्स्ट्रक्सन लेबर तथा मिस्त्री,लाइट भेहिकल मेन्टिनेन्स,मोटरसाइकल रिपेयर मेन्टिनेन्स, हस्तकला तथा मूर्तिकला, सरसफाइ तथा माली, कार्पेन्टर तथा इन्टेरियर डिजाइनिङ, कौसी खेती, आकाशेपानी संकलन तथा रिजर्भ बोरिङ, फास्टफुड÷चाइनिज र इन्डियन कुक, बारिस्ता÷बेकरी,हेभी इक्विपमेन्ट अपरेटर, अनलाइन रोजगार, बार ट्रेन्डिङ÷वेटर÷वेट्रेस, रिसेप्सनिस्ट तथा क्यासियर

सम्पदा निर्माण तथा मर्मत, होम एप्लाइन्सेस मर्मत, ग्राफिक्स डिजाइन भिडियोग्राफी तथा भिडियो इडिटिङ, प्रोसेसनल अकान्टिङ, मार्केटिङ तथा डिजिटल मार्केटिङ, टुटिस्ट गाइड तालिम,एल्मुनियम, यूपीभीसी, फेब्रिकेसन,स्पा तथा थेरापी, सेक्युरिटी गार्ड, जुत्ता बनाउने, लघु उद्यम विकास सहजकर्ता, सहकारी व्यवस्थापक तालिम, विभिन्न खेलकुद र गरगहना निर्माण गरी ३४ क्षेत्रमा तालिमका लागि परामर्श लिइरहेको छ।