लम्कीमा प्रसाईको आक्रमक भेला : ओली, प्रचण्ड, लामिछाने र देउवालाई आफनो बाटोमा आउन अपिल

लम्कीमा प्रसाईको आक्रमक भेला : ओली, प्रचण्ड, लामिछाने र देउवालाई आफनो बाटोमा आउन अपिल
  • ५ जेष्ठ २०८१, शनिबार १०:०५

काठमाडौं– जनतासँग प्रत्यक्ष सरोकार राखिने मुद्दामा आवाज उठाउँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईले राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको ५३ औँ आमसभा कैलाली लम्कीमा आज कार्यक्रम गरेका छन् ।

mulpatra

प्रसाईले दुई बर्षयता देशमा जनताका प्रत्यक्ष दैनिकीसँग जोडिएका समस्यामा आवाज उठाउँदै देशव्यापी रुपमा आन्दोलन गर्दै आएका छन् ।

आज लम्कीमा भएको कार्यक्रमलाई संम्बोधन गदै प्रसाईले जनताजस्तै, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एस अध्यक्ष माधव नेपाल र राश्वपा सभापति रवि लामिछानेलाई आफनो महाअभियानमा आउन आग्रह गरेका छन् ।

प्रसाईले देश विकासका लागि आफनो महाअभियान समय सापेक्ष भएको बताउँदै सबै राजनीतिक दललाई देश बनाउने हो भने, मेरो महाअभियानमा आउनुहोस । एकपटक सबै मिलेर देशका लागि नयाँ सोच र योजना बनाएर अघि बढ्नुपर्ने अभिव्यक्ति दिए ।

अहिलेको सत्ता व्यवस्थाले देशमा परिवर्तन नदिने ठोकुवा गर्दै प्रसाईले अहिलेको जस्तो अवस्था देशमा रहिरहे १० वर्षमा नेपाललै खाली हुने, विकास ठप्प हुने र जनताको समस्या झन जटिल हुने समेत दाबी गरे ।

लम्कीमा २५ हजारभन्दा बढी जनता सहभागि भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईले म अरु राजनीतिक दलजस्तो स्वार्थ बोकेर महाअभियानमा होमिएको होइन । नयाँ सोच, विकासका योजना र नेपाली जनताको व्यवस्थापनका लागि महाअभियानमा होमिएको उनले बताए । ‘आज लम्कीबाट सबै जनतालाई साँची राखेर बोल्दै छु । एमाले, कांग्रेस, माओवादी र राश्वपाका धेरै जनता मेरो महाअभियानमा सहभागि छन् । यी पार्टीका नेतृत्वहरुले पनि मेरो महाअभियान नजिकबाट हेर्दैछन् ।’ उनले भने, ‘अब सबै पार्टीका नेतृत्व मेरो महाअभियानमा आउनुपर्ने बाध्यता हँुदैछ । मैले अहिले नै अपिल गरेको छु आउनुहोस भनेर । नत्र भोली जनताले तपाईहरुलाई मेरो महाअभियानमा धेकेलेर आउन बाध्य बनाउने छन् ।’

मैलेपनि देश बनाउने सपना बोकेको र देखेको छु । अब आफनो देश बनाउन सबै जनाले हात्तेमालो गर्नुपर्ने बेला भएको उनले लम्कीबाट उदघोष समेत गरे ।

प्रसाईले लोकतन्त्रमा राजनीतिक स्वार्थका लागि पार्टी फुटाउने, सासंद भवनमा स्वार्थका लागि कराउने र सासंदलाई आफनो नियन्त्रणमा राख्न खोज्ने मात्र काम भयो । यस्तो प्रवृत्ति देशमा कहिले विकास नहुने उनको ठोकुवा छ ।

प्रसाईको कार्यक्रममा विहानैदेखि गाँउ–गाँउबाट सर्वसाधारण जनता आएका थिए । उनको कार्यक्रममा ३० हजार जति जनता सहभागि भएको प्रहरीको अनुमान छ । सुदूरपश्चिमाञ्चलमा आयोजित कार्यक्रममा सबै पार्टी प्रतिनिधि प्रसाईको कार्यक्रममा भेला भएका थिए ।