प्रसाईको आगामी यात्रा : जनता र विकास केन्द्रित समाज निर्माण

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईले आगामी दिनमा कार्यक्रमको स्वरुप परिवर्तन गरेर जनतासामु आउने तयारीमा छन् । जसका लागि प्रसाईले समयसापेक्ष विकास र यसका मोडलको बारेमा विषयगत विज्ञसँग परामर्शमा छन् ।
धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान चलाउँदै आएका प्रसाईले बैंक, वित्तीय संस्था र सहकारी पीडितका समस्यासँगै नयाँ योजना र कार्यक्रम ल्याउनका लागि योजना बनाइरहेको प्रसाईको सचिवालयले जनाएको छ ।
सबै योजनाका प्राथमिकतामा कृषि आधुनिकीकरण, गरिबी नियन्त्रण, पूर्वाधार विकास, रोजगारी सिर्जना, जलविद्युत विकास, कृषि उत्पादनपछि किसानको सुरक्षाका विषयमा अध्ययन भइरहेको प्रसाईले बताए ।
विश्व समाज विकास र समृद्धिमा सन्तुलित र समान छैन । यसको मारमा सर्वसाधारण जनता परेका छन् । कोही अति धनी छन् भने कोही गरिब, कुनै समाज समृद्ध र सुखी छ भने कुनै अझै दुःख र अभावले ग्रस्त समाज अहिलेको राजनीतिक कारण सिर्जना भएको प्रसाईले जानकारी दिए ।
उनका अनुसार सामाजिक, आर्थिक र भौगोलिक परिवेशअनुसार आफ्नो विकास पथको परिभाषा गर्नुपर्छ । विकासले देश र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने उनको धारण छ ।
‘देशका शासक र सरकारले इतिहासका विभिन्न कालखण्डदेखि अहिलेसम्म विकास र समृद्धिलाई आआफ्नै ढंगले परिभाषा गर्ने र प्रयोग गर्ने गरेको पाइन्छ । तर म यस्ता विषयलाई अध्ययन गरेर नयाँ विकासको मोडल ल्याउने तयारीमा छु ।’ उनले भने ।
स्वतन्त्र, शान्त, समावेशी, समन्यायिक र समृद्ध राष्ट्रको परिकल्पना गरेको छ भन्नु बेठिक नहोला । तर यसका लागि भनेर मात्र हुँदैन । काम गर्नुपर्ने उनको भनाइ छ । हाम्रो संविधानको मूल मर्म र भावना भनेको नेपाललाई एक कल्याणकारी राज्यका रूपमा विकास भनिएको छ । तर अहिले राजनीतिकका कारण कानुन बाहिर पार्टीहरुले समानलाई चलाइरहेको उनको आरोप छ ।
विकास र समृद्धिको तीव्र रुपमा गर्नुपर्छ । यसका लागि जनशक्ति आवश्यक पर्छ । आवश्यक इच्छाशक्ति र लगाव भने नेपालमा ज्यादै न्यून रहेको उनको बुझाइ छ ।
देशको समृद्धि र जनताको सुखको प्रमुख संवाहक भनेकै विकासको सुनिश्चितता कसरी गर्ने भन्नेमा केन्द्रित हुनुको सट्टा केही पौराणिक पात्रहरूको उपलब्धि उल्लेख गरिएका योजनामा जनता झुक्याउने काम भइरहेको प्रसाईको बुझाइ छ ।
अहिलेको नेपालको राजनीतिक नेतृत्व वर्गको विकासप्रतिको दृष्टिकोण र दृढता कस्तो र कति छ भन्ने प्रष्ट जनताले बुझि सके । जसका कारण नयाँ योजना र विकास केन्द्रीत नेतृत्व आवश्यक भएको जनताले बताउन थालेको उनले जानकारी दिए ।
नेपाली अर्थतन्त्रको विद्यमान अवस्था नियाल्दा निराशा मात्रै हात लाग्छ । ७० वर्षदेखिको हाम्रो विकासको प्रयासमा कहीं न कहीं संरचनागत त्रुटि देखिएको प्रसाई औंल्याउँछन् ।
देशमा पटक–पटक राजनीतिक परिवर्तन भएको छ, व्यवस्थामा बदलाव आएको छ । अनि ती सबैजसो राजनीतिक संघर्षमा नेपाली जनताले साथ, समर्थन र सहयोग गरेपनि अहिले जनताले धोका मात्र पाएको प्रसाईको बुझाइ छ । उनका अनुसार हरेक पटकको व्यवस्थामा आएको बदलावले पुनः नयाँ संस्करणमा पुरानै अवस्थाको निरन्तरता मात्र पाएको छ । तर जनताले देशभित्रै केही हुनुपर्छ आफनो कार्यक्रममा माग गरिरहेको उनको भनाइ छ ।
अर्थतन्त्र बजार अर्थतन्त्रको आर्थिक प्रणाली, स्वतन्त्र बजार र समाजवादी राज्यको अवधारणा अनुसार स्थापित सामाजिक नीति–नियमहरूको मिश्रति रूप हो । तर जनताका केन्द्रीत काम र योजना त हुनुपर्ने पक्षमा प्रसाई छन् ।
उनका अनुसार नेपालमा सही योजना निर्माण र त्यसको प्रभावकारी र सफल कार्यान्वयन गर्ने हो भने एकीकृत र समन्वित योजना निर्माण पक्रिया आगाडी ल्याउनुपर्छ । नेपाली अर्थतन्त्रको स्वरुप र हाम्रो चलनचल्तीको अभ्यासहरूलाई आत्मसात् गरेरै यहाँको अर्थतन्त्रको स्वरुप र विकासको मोडेल निर्धारण गर्ने सकिने उनको लक्ष्य छ ।
प्रसाईले दुई बर्षअघि बैंक तथा वित्तीय संस्था, सहकारी पीडित, भुँइमान्छे र सर्वसाधारणका लागि आवाज भनेर आफनो महाअभियान चलाउँदै आएका छन् ।
उनले बैंक वित्तीय संस्थाको ऋण नतिर्न पनि उक्साइरहेको आरोप समेत लागेको थियो । तर उनले ऋण लिएर व्यवसाय गर्ने नपाएका हकमा उनले आवाज उठाएको जनताले बुझी सकेका छन् ।