जनता वाक्क दिक्क भइसके, सबै मिलेर अहिलेको व्यवस्था परिवर्तन गरौं : प्रसाई

जनता वाक्क दिक्क भइसके, सबै मिलेर अहिलेको व्यवस्था परिवर्तन गरौं : प्रसाई
  • ९ जेष्ठ २०८१, बुधबार ०८:१६

पोखरा – मेडिकल व्यवसायी दुर्गा प्रसाईले आज पोखरामा बृहत आमसभा गरेका छन् । प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभिायन अन्तरर्गत आज पोखरामा गरेको आमसभामा २० हजारभन्दा बढी सर्वसाधारण सहभागि छन् ।

mulpatra

कार्यक्रमलाई संम्बोधन गर्दै प्रसाईले राजनीतिक दल र शीर्ष नेताप्रति आमजनतामा निराशा छ। राजनीतिक दल र नेताहरूले केही पनि गर्न सकेनन् भन्ने भाष्य निर्माण भएको भनिन्छ । तर यो वास्तविक भएको उनले बताए ।

पछिल्लो समय गाउँगाउँमा घुम्दा मैले जनतामा यस्तो भावना देखेँ। राजनीतिक दल र नेताहरूप्रति रोष देखेको प्रसाईको दाबी छ ।

mulpatra mulpatra mulpatra

राजनीतिक अस्थिरतालाई जनताले पटक्कै रुचाएका छैनन्। केन्द्रदेखि प्रदेश सरकारमा गठबन्धन बन्ने, भत्कने क्रम गर्दा देशको अर्थतन्त्र सकिएकको उनले बताए ।

गठबन्धन गरेर सरकार बन्ने, भत्कने भइरहेको हो भन्ने भित्री कारण सर्वसाधारण जनतालाई थाहा छैन । उनीहरू राजनीतिक अस्थिरता र सरकार परिवर्तनप्रति दिक्क भएपछि उदयमान नेतृत्व खोजीरहेको प्रसाईले पोखरामा उदघोष गरे । ‘तपाईहरुले साथ दिनुभयो भने, देश र जनताका लागि जस्तो सुकै चुनौतीको सामना गर्नपनि तयार छु । तर तपाईहरु तयारी अवस्थामा बस्नुहोस ।’ उनले भने, ‘गणतन्त्रले देशको धर्म–संस्कृति नाश मात्र गरेन । उद्योगधन्दा धराशयी बनायो । एक करोड उर्जाशील युवायुवतीलाई अरुको देश जान बाध्य बनाएको छ । जनता भोकै बस्ने दिन राजनीतिक कै कारण आउँदै छ ।’

राजनीतिक अस्थिरता, सरकार फेरिने कार्यले जनतामा वितृष्णा बढाएको छ। यस खालको जनताको वितृष्णा वर्तमान शासन पद्धति एवं राजनीतिक प्रणालीको लागि शुभसंकेत नभएको उनको भनाइ छ ।

Image Source: © https://mulpatra.com

समाजमा विग्रह र विभाजन पैदा गर्यो । आफ्नो व्यवसाय गरेर खाने वातावरण दिएन । गाउँमा मलामी पाउन छोडिएको छ । दैनिक ३० जना नेपालीहरु विदेशबाट बाकसमा आउँछन् । यो ३० वर्षमा देश सर्वत्र उजाडीएको समेत उनले औंल्याएका छन् ।

संघीयता खारेज गर्नुपर्ने, दोस्रो, धर्मनिरपेक्षताको साटो वैदिक सनातन राज्य बनाउनुपर्ने र तेस्रो, देशमा गरिखान पाउने व्यवसायीक वातावरण बनाउनुपर्ने उनको मुख्य माग छन् ।

विगतमा उनीप्रति नकारात्मक सन्देश राजनीतिक दलले फैलाइरहेका थिए । अहिले उनलाई जनताले
राजनीतिक दलका नेपालभन्दा लोकप्रिय मान्न थालेका छन्। यही लोकप्रियताका कारण अहिले जनता उनको महाभियानको समर्थनमा छन्।

दुर्गा प्रसाईंको महाअभियान आखिर हो केका लागि हो भन्ने अहिले जनताले बुझिरहेको उनी बताउँछन् । पोखरा प्रहरीका अनुसार प्रसाईको कार्यक्रममा गाउँ–गाँउदेखि न्यायको आस बोकेर हजारौं जनता आएका छन् । उनको कार्यक्रममा २० हजारभन्दा सवसाधारण जनता भेला भएको प्रहरीले जनाएको छ ।