Close

Recent Posts

आज २५६८ औं बुद्धजयन्ती मनाइँदै

आज २५६८ औं बुद्धजयन्ती मनाइँदै
  • १० जेष्ठ २०८१, बिहीबार ०५:०२

उभौली पर्वमा किँरात समूदाय रमाउँदै

mulpatra

काठमाडौँ । आज देशभर बुद्धजयन्ती मनाइँदैछ । यो २५६८ औंँ बुद्ध जयन्ती हो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व का अवसरमा सार्वजनिक विदा दिइएकाले देशभरका बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

आज बुद्धको जन्मस्थल लुम्बिनीमा विशेष पूजा आराधना गरिन्छ भने काठमाडौंका बौद्ध, स्वयम्भू लगायतका बौद्ध विहारहरुमा विशेष पुजाआजा गरि मनाइन्छ ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।
बुद्धजयन्ती सँगसँगै किराँत समुदायले आज उभौली पर्व समेत मनाउँदै छन । साकेला पर्वका रुपमा समेत मानिने यो पर्वलाई ऋतु परिवर्तनको संकेत दिने पर्वका रुपमा समेत किराँत समुदायले मान्ने गरेका छन । किराँत धर्मावलम्बी राई, लिम्बु लगायतका जातजातिहरुले उभौली पर्वमा प्रकृतिको पूजा आराधनी गरि मनाउने परम्परा छ । जाडो छल्न बेँसी झरेका मानिसहरु बैशाख पुर्णीमा पछि गर्मी शुरु हुने भएकाले आफ्नो बासस्थान अथवा उँभो तिर लाग्ने भएकाले यसको नाम उँभौली रहेको किम्बदन्ती रहेको छ ।
किराँतसमुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ ।