Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

‘फर्की फर्की’को नेटफ्लिक्समा रिलिज गर्न बालेनको सुझाव

  • १० जेष्ठ २०८१, बिहीबार ०६:२५

काठमाडौं–अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’लाई बुधबार बेलुका काठमाडौंमा प्रिमियर गरिएको छ । फिल्मकर्मी र सेलिब्रेटीको बाक्लो उपस्थिति रहेको प्रिमियरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० पनि सहभागी रहे ।

mulpatra

फिल्म हेरेपछि बालेनले अंग्रेजी सबटाइटलसहित नेटफ्लिक्स र सोही सरहका ओटीटीमा रिलिज गर्न सुझाव दिए । हालै कान्सबाट फर्किएका मेयर बालेनको यो सुझावले आफूहरुलाई हौसला दिएको निर्माता रोहित अधिकारीले बताए ।

यो फेन्टासी फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । हरिवंश आचार्य, दीपकराज गिरी लगायतले अभिनय र प्राविधिक क्राफ्टको प्रशंसा गरे । हरिवंशले यो फिल्म अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म भएको बताए ।

mulpatra mulpatra mulpatra

अभिनेता सलोन बस्नेत सलिनमान बनियासँग हलमा पुगेका थिए । फिल्ममा क्यामियो रोल गरेका सलोनले यो फिल्मले आफूलाई फ्र्रेस महसुस गरेको बताए । प्रिमियर समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी पनि पुगेका थिए । सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल, जसिता गुरुङ लगायतको अभिनय छ ।

यो फेन्टासी फिल्म एक व्यक्तिको दुई पर्सनालिटीबीचको संघर्षको कथा हो । एकातिर म्याडी छ र अर्कोतिर माधव बस्नेत । एकदिन भगवानले म्याडीलाई सुपरपावर दिन्छ । उसले म्याडीको रुपमा गरेका गल्तीलाई सच्याउन भगवानले माधवको रुपमा जीवन जिउन अर्को मौका दिन्छन् ।

कथाको केन्द्रमा ‘टाइम लुप’ रहेपनि प्रेम, मित्रता र पारिवारिक आयामलाई यसमा प्रस्तुत गरिएको छ । यो फिल्म बिहीबारदेखि नै नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज भएको छ ।

Image Source: © https://mulpatra.com