Close

Recent Posts

ज्यान मार्नेभन्दा भ्रुण हत्या र बलात्कार ठुलो अपराध हो, सरकारले शोभालाई न्याय दिनुपर्छ: प्रसाई

ज्यान मार्नेभन्दा भ्रुण हत्या र बलात्कार ठुलो अपराध हो, सरकारले शोभालाई न्याय दिनुपर्छ: प्रसाई
  • १२ जेष्ठ २०८१, शनिबार ०६:२५

काठमाडौं– एमाले नेता तथा केपी ओलीका विश्वासपात्र महेश बस्नेतविरुद्ध फौजदारी अभियोगको जाहेरी दर्ता भएको दुई माहिना नाघेको छ । तर सरकारले उनीमाथि कानुन सहयोग नगरेको दुर्गा प्रसाईले आरोप लगाएका छन् ।

mulpatra

आज आफनै निवासमा न्याय माग पुगेकी पाठकको समस्याका बारेमा पत्रकार सम्मेलन गरेर प्रसाईले यस्तो धारण राखेका हुन् । उनले हजार जना ज्यान मारेभन्दा भ्रुण हत्या र बलात्कार ठुलो अपराध हो । त्यही भएर शोभा पाठकले न्याय पाउनुपर्ने प्रसाईको माग छ ।

महेशविरुद्ध भ्रुण हत्या र बलात्कार आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको लामो समयसम्म भइसक्यो । तर प्रहरीले प्रारम्भिक अनुसन्धान नै चलिरहेको बताएपनि बस्नेतलाई पक्राउ गर्न सकेको छैन ।

कानुन सबैका लागि बाराबार हो । तर सत्तामा रहेको एमालेका एक नेताले महिलामाथि यस्तो व्यवहार गर्दा सरकार किन मौन बस्यो भने आफनो मुख्य प्रश्न भएको प्रसाईले पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रसाईले सरकारले जनतामा नैतिकता गुमाइरहेको समेत आरोप लगाएका छन् । शोभाको मुद्धा प्रहरीमा छ । बस्नेत खुलेआम घुमिरहेका छन् । बस्नेतले उल्टो पीडित पाठकलाई फोन र प्रशासन लगाएर धम्काइरहेको प्रसाईले बताए । ‘अहिले शोभा न्यायको खोजीमा भौंतारिएकी छिन । मैले उनको न्यायका लागि पत्रकार सम्मेलन नै गरेर सरकारको काममा अन्यायको आवाज जाहोस भन्दै छु ।’ उनले भन, ‘हजारौ ज्यान मारेको भन्दा भ्रुण हत्या र बलात्कारको अपराध ठुलो हो । त्यही भएर शोभाले न्याय पाउनुपर्ने आफनो माग हो । बस्नेतजस्ता अपराधीले उन्मूक्ति पाए लाखौै शोभा जस्ता महिला अन्यायमा पर्छन् ।’

गएको फागुन ८ गते काठमाडौंको बिजुलीबजारस्थित सनराइज सिटी होमको छैठौं तल्लामा बस्दै आएकी शोभा पाठकमाथि आक्रमण प्रयास भयो । पाठकलाई प्रहरीले तत्काल बानेश्वर वृत्तमा लगेर सुरक्षा दिएको थियो ।

त्यसपछि महेश बस्नेत पनि त्यहि आएर घटनालाई बाहिर आउन नदिने गरि सेटिङ मिलाइयो । शोभालाई त्यो अपार्टमेन्टबाट त्यहि दिन बाहिर पठाइयो ।

महेश बस्नेतसँग अवैध सम्बन्ध रहेको भन्दै चलेका हल्लालाई मात खुवाउदै सामसूम पारिएको घटनाविरुद्ध शोभा पाठक सञ्चार माध्यममा नै आएकी थिइन् । यस विषयमा बस्नेतले भने अहिलेसम्म उनीमागि गुण्डा लगाउन बाहेक केही प्रतिक्रिया दिएका छैन ।

महेश बस्नेतविरुद्ध चैत्र ७ गते नै हुलाकमार्फत जाहेरी परेपनि प्रहरीले अनुसन्धान गरिरहेको भन्दै सामान्य सोधपुछ र प्रमाण संकलन गरिरहेको दाबी गरेको छ । तर, महिलाले बस्नेतले २ महिना १५ दिनको भ्रुण हत्या गराएको आरोप लगाउदै जाहेरी दिएकी छन् ।

औषधी सेवन गराएको र अप्रेसन गरेर दुई पटक भ्रुण हत्या गरिएको आरोप लगाइएको छ भने उनलाई मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रुण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ ।

ओलीका विश्वापात्र समेत रहेका बस्नेत शुशिल कोइराला प्रधानमन्त्री हुँदा उद्योगमन्त्री बनेका थिए । बस्नेतलाई अधिकांशले गुण्डागर्दी गर्ने गरेको आरोप लगाउने गरेका छन् । तर, बस्नेत आफूले भने यी विषयलाई अस्वीकार गर्ने गरेको पाइन्छ ।