महिला प्रहरीलाई महिनावारीका बेला ४ दिन बिदा
काठमाडौं– महिला ट्राफिक प्रहरीले महिनावारी हुँदा चार दिन बिदा सुविधा पाउने भएका छन् । गणतन्त्र दिवसका दिन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक महिलाहरूका लागि नयाँ सुविधाको घोषणा गरेका हुन् ।

उनले मंगलबार सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको शुभकामना दिँदै अबदेखि महिनावारीका बेला महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा डिउटी गर्न नपर्ने घोषणा गरेका हुन् ।
गृहमन्त्री लामिछानेले लेखेका छन्, गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयासस् अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयम् सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ।’
