विश्वकप उद्घाटन खेलमा क्यानडाविरुद्ध अमेरिकाको जित
काठमाडौं– आरोन जोन्सको विस्फोट ब्याटिङमा संयुक्त राज्य अमेरिकाले आईसीसी टी(२० विश्वकपको डेब्यु खेलमै जित हासिल गरेको छ । नेपाली समयानुसार आइतबार बिहान भएको विश्वकप उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको हो ।

अमेरिकाविरुद्धको खेलसँगै क्यानडाले पनि विश्वकपमा डेब्यु गरेको छ ।क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य अमेरिकाले ३ विकेटको क्षतिमा १४ बलअगावै भेट्टायो ।
अमेरिकाका लागि आराने जोन्स ९४ र केरि एन्डरसन ३ रनमा नटआउट रहे। जोन्सले ४० बलमा ४ चौका र १० छक्का प्रहार गरे । एड्रिस जोसले ६५ रनको योगदान दिए। उनले ४६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।
![]() |
![]() |
![]() |
|---|
ओपनर स्टेभन टेलर शून्य रनमै करिम सानाको बलमा एलबीडब्ल्यू धरापमा परे। अर्का ओपनर तथा कप्तान मोनांक पटेल १६ रनमा क्याच आउट भए । क्यानडाका लागि करिम साना, डिलोन हेलिंगर र निखिल दत्ताले समान १र१ विकेट लिए ।
त्यसअघि अमेरिकाको डलास्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९४ रनको योगफल तयार पारेको थियो ।
क्यानडाका लागि नवनित डालिवालले ६१ रनमा क्याच आउट भए। उनले ४४ बलमा ६ चौका र ३ छक्का हाने । निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्का सहयोगमा ५१ रन बनाए ।
Image Source: © https://mulpatra.com
ओपनर आरोन जोनसनले २३ र श्रेयास मोभ्याले ३२ रन बनाए। दिलप्रित बज्वा ११ रन बनाउँदा रन आउट भए। श्रेयास मोभ्या ३२ र डिलोन हेलिंगर १ रनमा नटआउट रहे ।
अलि खान, हरमित सिंह र केरि एन्डरसनले समान १र१ विकेट लिए । विश्वकपअन्तर्गत आजै हुने दोस्रो खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्यु गिनी भिड्दै छन् । खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ ।



