आईसीसी ट्वान्टी–२० विश्वकप आज नेपाल र नेदरल्याण्ड भिड्दै
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपाल र नेदरल्याण्ड भिड्दै छ । आज राती नौ बजेबाट नेपाली राष्ट्रिय क्रिकेट टिमले नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।

अमेरिका र वेस्ट इन्डिजमा जुन २ देखि सुरु भएको प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ । यो समूहमा नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् ।
दोस्रोपटक विश्वकप खेल्दै गरेको नेपालले १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले यसअघि पहिलोपटक सन् २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो ।
नेपाल हाल आईसीसी ट्वान्टी–२० वरीयताको १७ औँ स्थानमा छ । वरीयतामा नेपालको १७१ रेटिङ प्वाइन्ट छ । यता नेदरल्यान्ड्स भने वरीयताको १५औँ स्थानमा छ । वरीयतामा नेदरल्यान्ड्सको १८४ रेटिङ प्वाइन्ट छ ।
![]() |
![]() |
![]() |
|---|



