नेपालविरुद्ध नेदरल्यान्ड्स ६ विकेटले विजयी

नेपालविरुद्ध नेदरल्यान्ड्स ६ विकेटले विजयी
  • २३ जेष्ठ २०८१, बुधबार ०३:१०

काठमाडौं । नेदरल्यान्ड्सले आईसीसी ट्वान्टी–२० विश्वकपको पहिलो खेलमा नेपालविरुद्ध ६ विकेटको जित निकालेको छ ।

mulpatra

मंगलबार अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८।४ ओभरमा पूरा गर्‍यो ।

नेदरल्यान्ड्सको जितमा ओ‘डोडले ५४ रन बनाए । उनले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे । ओ‘डोडले ४१ रनमा खेलिरहँदा सोमपाल कामीले गरेका १७।२ ओभरमा जीवनदान पाएका थिए । उनको सहज क्याच नेपालका कप्तान रोहितकुमार पौडेलले छुटाएका थिए ।

mulpatra mulpatra mulpatra

नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले १९।२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको थियो ।

डच टिमविरुद्ध ब्याटिङमा संघर्ष गरेको नेपालबाट कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए । क्रिजको एक एन्डबाट लगातार विकेट जाँदा अर्को एन्ड सम्हालेका रोहितले ३७ बलमा पाँच चौका प्रहार गरे ।

Image Source: © https://mulpatra.com

नवौँ नम्बरमा ब्याटिङका लागि आएका करण केसीले १२ बलमा दुई छक्कासहित १७ रन बनाए । गुल्सन झाले १४ रन थप्दा अनिलकुमार साहले ११ रन जोडे ।

नेपालका ओपनरद्वय आसिफ सेख चार र कुशल भुर्तेललाई सात रनमा आउट भए । यस्तै, कुशल मल्ल चार रनमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी एक र सोमपाल कामी शून्य रन जोडेर पभेलियन फर्किएका थिए । अभिनाश बोहरा ‘गोल्डेन डक’ हुँदा सागर ढकाल शून्यमा अविजित रहे ।

नेपालको ब्याटिङ धरासायी बनाउन समेट्न नेदरल्यान्ड्सका टिम प्रिगल र लोगान भान बिकले समान तीन विकेट लिए । पाउल भान मिकेरेन र बास डे लिडेले समान दुई विकेट लिए ।

प्रतियोगिताको समूह ‘डी’ मा रहेका दुवै टिमको यो पहिलो खेल हो । यो समूहमा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् ।