‘बालेनले न्यूरोडमा गर्न लागेको काम ठिक छ, काम गर्न देउ’ विश्व प्रकाश शर्मा
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री सांसद विश्वप्रकाश शर्माले काठमाडौंको न्यूरोडमा सडकपेटी बढाउन जरूरी रहेको बताएका छन्।
बालेनले सडक पेटी बढाउन र विरुवा रोपण गर्न तयारी अवस्थामा राखेको सडक विभागले राताराता पिच गरिदिएपछि स्थानीय तहको अधिकारबारे विवाद उत्पन्न भएको छ । सोही विषयमा बिहीबार प्रतिनिधि सभामा बोल्दै शर्माले नागरिकको सुविधाका लागि न्यूरोडमा सडकपेटी बढाउनुपर्ने आवश्यकता रहेको बताए।
न्यूरोडमा सडकपेटी बढाउने काम गर्न काठमाडौं महानगरलाई दिनुपर्ने उनले बताए।
‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि१, त्यही तहमा रहेको पार्टीका प्रतिनिधिहरूलाई भने हुन्छ नि। तिनले त्यहीँ भने भइगो नि, मेयरसाब संयमले बोल्नुस्। जेल बसेका नेताहरूलाई सम्मानले बोल्नुस्, तपाईंको शैली बदल्नुस्,’ नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले मेयर बालेन शाहलाई लक्षित गर्दै दिएका अभिव्यक्तिप्रति शर्माले भने, ‘तर आफै सुनिनुभयो बोल्न।’

संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्ने शर्माको भनाइ छ।
‘न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरूरी थियो, बालेनले जे गरेका थिए, ठिक गरेका थिए। उनलाई त्यहाँ काम गर्न दिनुपर्छ, संघले कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ,’ शर्माले भने।
