८९ हजार बैंक तथा वित्तीय संस्थाका ग्राहकले खाता बन्द गरे

८९ हजार बैंक तथा वित्तीय संस्थाका ग्राहकले खाता बन्द गरे
  • २७ जेष्ठ २०८१, आईतवार ०८:०५

काठमाडौं–पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका ग्राहकले खाता बन्द गर्ने क्रम बढेको छ । बैंक तथा वित्तीय संस्थाका ८९ हजार ग्राहकको खाता बन्द रहेको पाइएको छ । चालू आवको वैशाखमा मात्रै ४० हजार ग्राहकको खाता बन्द भएको हो ।

mulpatra

खाता बन्द हुँदा सम्बन्धित ग्राहक वित्तीय अधिकारबाट समेत पूर्णरुपमा वञ्चित भएका छन् । बन्द हुनेमा २०४७ सालयता बैंक तथा वित्तीय संंस्थाहरुमा कर्जा लिएर नतिर्ने ऋणी र चेक बाउन्समा परेर पनि पैसा नतिर्ने ऋणीहरुको खाता छन् ।

कर्जा सूचना केन्द्रका अनुसार जेठ २४ गतेसम्म ८९ हजार ग्राहक चेक बाउन्स र ऋण नतिरेका कारण ‘ब्लक’ हुनपुगेका छन् । यसमा चालू आर्थिक वर्षको वैशाखसम्म ४० हजार बैंकका ग्राहक थपिएको केन्द्रले जनाएको छ ।बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिरेका तथा बैंकको सम्पर्कमा नआएका ऋणीहरु यसरी कालोसूचीमा पर्ने गरेका छन् ।

mulpatra mulpatra mulpatra

ऋण नउठेपछि बैंकहरुले धितो लिलामी गर्नुअगाडि उनीहरुलाई कालोसूचीमा राखेर धितो असुल नगरुन्जेल वित्तीय सेवाबाटै वञ्चित गराउँछन् । केन्द्रका अनुसार ऋण तिर्न र बैंकले धितोबाट असुल समेत गर्न नसकेका ३९ प्रतिशत ऋणी छन् भने ६१ प्रतिशत चेक बाउन्समा परेकाहरु छन् ।