ताप्लेजुङको सिसाव खोलाको बाढीले एउटा काठेपुल

ताप्लेजुङको सिसाव खोलाको बाढीले एउटा काठेपुल
  • ३१ जेष्ठ २०८१, बिहीबार ०७:२६

ताप्लेजुङ –गएरातिदेखि परेको परेको अविरल वर्षाले ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ । सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको उक्त पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् ।

mulpatra

‘मानवीय क्षति अहिलेसम्म भएको छैन । तर, हाम्रो गाउँको काठेपुल बगाएको छ’, फक्तालुङ गाउँपालिका–५ का वडाध्यक्ष देउप्रसाद लिम्बुले भने, ‘काठको पुल भए पनि गाडी, मोटरसाइलल सबै त्यहीबाट हिँड्थे ।’

वडाध्यक्ष लिम्बुले सिसावा खोलामा आएको लेदोसहितको बाढीले तमोर नदी पनि थुनिएको जानकारी दिए । ‘माथि त खासै जोखिम छैन । तल तमोर थुनिएर अलि त्रास बढेको छ । ड्याम बनेको छ’, उनले भने, ‘पानी अहिले अलि कम भएको छ । विस्तारै सुक्दै जाला कि !’

mulpatra mulpatra mulpatra

वडाध्यक्ष लिम्बुले बिहानै साढे ६ बजेको समयमा आएको बाढीले पुल बगाएको बताए । बाढीले पुल बगाएपछि त्यसको मारमा विद्यार्थी परेका छन् । ‘अर्को ठाउँबाट खोला तर्न आधाघन्टा माथि झोलुंगे पुलमा पुग्नुपर्छ,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख रवीन्द्रप्रसाद आचार्यले थुनिएको तमोर अहिले खुलिसकेको जानकारी दिए । ‘तमोर थुनिएको छ भन्ने थाहा हुनेबित्तिकै प्रहरी टोली खटिइसकेको थियो । त्यो ड्याम अहिले त धेरै खुलिइसक्यो’, उनले भने, ‘तै पनि तल्लो क्षेत्रमा सतर्कता अपनाउन सबैलाई सूचना दिइसकेका छौं ।’