Close

Recent Posts

भारतमा सुरु भयो बीमा सेन्ट्रल, यस्ता छन् सुविधा

भारतमा सुरु भयो बीमा सेन्ट्रल, यस्ता छन् सुविधा
  • १ असार २०८१, शुक्रबार ०६:१२

काठमाडौं–कुनै बेला भारतीयहरुसँग एलआईसीको मात्रै बीमा पोलिसी हुन्थ्यो। अहिले एकै व्यक्तिसँग धेरै बीमा पोलिसी हुन्छन्। उनीहरुसँग १–२ वटा जीवन बीमा पोलिसी त हुन्छ नै एउटा स्वास्थ्य बीमा पोलिसी पनि रहेको हुन्छ। यदि घरमा कुनै गाडी छ भने निश्चित रुपमा मोटर बीमा पोलिसी हुनेछ।

mulpatra

यी सबै पोलिसीको कागजातहरु सम्हालेर राख्न निकै मुस्किल हुन्छ। सबै चिज सावधानीपूर्वक एउटा ठाउँमा राख्नुपर्छ। जहाँ आवश्यक परेको बेला सजिलै खोजेर निकाल्न सकियोस्। अब भने भारतमा ती बीमा पोलिसीका कागजातहरु ह्यान्डल गर्न सजिलो हुने भएको छ। यसका लागि बीमा सेन्ट्रल सञ्चालनमा आएको छ।

भारतमा म्युचुअल फन्ड उद्योगको सेवा साझेदार एवं सबैभन्दा ठूलो प्लेटफर्म कम्प्युटर एज म्यानेजमेन्ट सर्भिसेज (सीएएमएस) हो। यो पुँजीबजार नियामक सेबीअन्तर्गत दर्ता भएका म्युचुअल फन्ड कम्पनीहरु र लगानीकर्ताहरुको रजिस्ट्रार र ट्रान्सफर (आरटी) एजेन्सी हो। कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी सीएएमएस इन्स्योरेन्स रिपोजिटरी सर्भिसेज (सीएएमएसरिप) हो। सोही बीमा रिपोजिटरीले बीमा पोर्टफोलियो व्यवस्थापनलाई सरल बनाउनका लागि एउटा क्रान्तिकारी वन–स्टप प्लेटफर्म बीमा सेन्ट्रल सुरु गरेको छ।

mulpatra mulpatra mulpatra

हाल विभिन्न स्रोतबाट पोलिसीहरु खरिद गर्ने अधिकांश बीमितले ती पोलिसी व्यवस्थापन गर्न चुनौतीपूर्ण महसुस गर्छन्। बीमा सेन्ट्रले अब बीमितलाई बीमा लाभ सरल र एकत्रित गरेर सशक्त बनाउनेछ। यसका साथै क्लेम–रेडिनेसको लाभ पनि प्राप्त हुनेछ र पोलिसी सेवामा सहज पहुँच सुनिश्चित गरिनेछ।

बीमा सेन्टरले प्रयोगकर्तालाई उनीहरुको सुरक्षित ई–बीमा खाता (ईआईए) मार्फत जीवन, स्वास्थ्य र मोटर बीमा पोलिसी व्यवस्थापन गर्न अनुमति दिन्छ।

सीएएमएसरिपसँग आफ्नो ई–बीमा खाता खोल्ने कुनै पनि बीमितले विभिन्न बीमाकर्तासँग आफ्ना पोलिसीहरु व्यवस्थापन गर्न बीमा सेन्ट्रलमा पहुँच पाउनेछन्। यसमा सरलीकृत पोलिसी जानकारी, नवीकरण र रिमाइन्डरहरु, व्यक्तिगत डेटाको प्रोफाइल व्यवस्थापन र मनोनित जानकारी, पोलिसी क्यालेन्डर र थप सुविधाहरु हुनेछन्। आफ्नो नयाँ ई–बीमा खाता खोल्न चाहनेहरुले केवाईसी पूरा गरेपछि तुरुन्तै बीमा सेट्रलमा त्यसो गर्न सक्षम हुनेछन्। हालको इन्टरफेस एन्ड्रोइड, आईओएस र वेब पोर्टलमा अंग्रेजी र हिन्दीमा यो सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ। –एजेन्सी

Image Source: © https://mulpatra.com