३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधको बोल्ने अधिकार हनन भएको बालेनको आरोप

३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधको बोल्ने अधिकार हनन भएको बालेनको आरोप
  • ३ असार २०८१, आईतवार ०५:१३

काठमाडौंँ–काठमाडौँ महानगरपालिको १५ औं नगरसभा स्थगित भएको छ। नगरसभाको अर्को बैठक असार १० गते सम्मका लागि स्थगित गरिएको महानगरले जनाएको छ । कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि नगरसभाको बैठक स्थगित भएको हो ।

mulpatra

कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बहिस्कार गरेर सभाहलबाट निश्किएपछि नगरसभा स्थगित गरिएको छ। असार १० गते फेरी नगरसभा बस्ने गरी बैंठक स्थगित भएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

मेयर बालेन्द्र शाहले आर्थिक वर्ष २०८१र८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए। तर एमाले र कांग्रसका वडाध्यक्षले केही प्रतिक्रिया नदिई बैंठक छाडेका थिए ।

mulpatra mulpatra mulpatra

नयाँ सडकलाई नो भेकल जोन बनाउने काठमाडौं महानगरपालिकाका मेयरको प्रस्तावलाई आज बस्ने नगर सभामा पारित गर्ने कार्यसूचि थियो। तर बैंठक नै स्थगित भएपछि आगामाी साता मात्र यस विषयमा छलफल गरी पारित गर्ने प्रवक्ता नविनको भनाइ छ ।

बालेनले फेसबुक स्टाटस यस्तो छ ।

३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।
काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।

Image Source: © https://mulpatra.com

नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।
काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।