महाअभियानका कारण केही राजनीतिक दल सिधिने डरले दुष्प्रचार गर्न थालियो : प्रसाई
काठमाडौँ–राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका बारेमा विभिन्न पार्टी दुष्प्रचार गरेको मेडिकल व्यवसायी दुर्गा प्रसाईले आरोप लगाएका छन् ।

नागरिक बचाउ महाअभियान कदापी रोकिदैन । यो भुँईमान्छेको आन्दोलन हो । यस आन्दोलनमा सबै तहका जनताको समस्या जोडिएको प्रसाईले आज भक्तपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् । प्रसाईले केही राजनीतिक दलले आफनो महाअभियानमा जनसमर्थन देखेर आत्तिन थालेका छन् । त्यही भएर प्रसाईले मेडिकल कजेलको मान्यता पाएपछि आन्दोलन छाडेको हल्ला चलाएको बताए। ‘नागरिक बचाउ महाअभियानका कार्यक्रमहरु निरन्तर अगाडि बढिरहेका छन् । आन्दोलनको आफनै लक्ष्य छ । अहिले महाअभियानले आगामी कार्यक्रम कसरी गर्ने भनेर अध्ययन भइरहेको छ ।’ उनले भने ।
उनका अनुसार पछिल्लो समयमा महाअभियानका बारेमा अध्ययन र संगठन विस्तारको काम भइरहेको छ । तर केही राजनीतिक दलका नेता, दलाल, तस्करको भाषा बोलेर अभियानलाई कमजोर बनाउने चलखेल भइरहेको उनको भनाइ छ ।
![]() |
![]() |
![]() |
|---|
महाअभियानका कारण केही राजनीतिक दल सिधिने भएपछि महाअभियानको विरोधमा खनिन थालेका छन् । तर प्रसाईले आन्दोलन छाडेको भन्नेलाई केही दिनमा राम्रो जवाफ दिने उनको दाबी छ।
महाअभियानको बदनाम गर्न दुष्प्रचार गरिर्दैछ, चर्चाका लागि आन्दोलन गरेको होइन । यसको आफनै लक्ष्य उद्देश्य छ । त्यही भएर अहिले गाँउ–गाँउमा आन्दोलनका नयाँ स्वरुप तयार भइरहेको प्रसाईको दाबी छ ।
केही षड्यन्त्रकारी तत्वले प्रसाईंले महाअभियान बन्द गरेको भन्दै कुप्रचार गरेका छन् । यसमा सत्यता छैन र उनले सबै नेपालीलाई साथ आफना समर्थकलाई भ्रममा नपर्ने आग्रह गरेका छन् ।
जनता र देश समृद्ध बनाउन अहिलेको महाअभियान अगाडी बढेको छ । जनताको गाँस, बाँस र कपसासँग जोडिएको महाअभियानले एउटा लक्ष्यमा नपुगि नरोकिने प्रसाईको दाबी छ ।
Image Source: © https://mulpatra.com



