महाअभियान छोडिन, आवश्यक परे पार्टी खोलिन्छ प्रसाई
काठमाडौंँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईले आवश्यक परे जनताका लागि पार्टी खोल्ने घोषणा गरेका छन् । आज आफनै निवासमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका बारेमा जानकारी गराउँदै उनले देशमा आवश्यक परे पार्टी खोल्ने समेत बताएका छन् ।

देशमा जनता भोकै मर्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा नागरिक बचाउ महाअभियान छाड्ने बारेमा नसोचेको समेत उनले जानकारी गराए । अझै साढे ५८ लाख नेपाली गरिबीको रेखामुनि रहेका छन् । उनीको बारेमा समेत सोच्नुपर्ने अवस्था आएको प्रसाईले बताए ।
गरिबी न्यूनीकरण सुस्त हुनुमा राजनीतिक नेतृत्वको कार्यक्षमता र कार्यशैली पनि उत्तिकै जिम्मेवार रहेको उनको आरोप छ ।
![]() |
![]() |
![]() |
|---|
‘०४६ यता गरिबी न्यूनीकरण राम्रै देखिन्थ्यो । त्यति बेला राजतन्त्र थियो । खासगरी सरकारको नेतृत्व गर्नेले नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयनमा आवश्यक हस्तक्षेप गर्न नसक्दा गरिबी अपेक्षाकृत रूपमा घट्न नसकेको हो ।’ उनले भने ।
जनतालाई धोका दिने पक्षमा छैन । म अरु राजनीतिक दलजस्तो होइन । त्यही भएर आन्दोलन छाड्नभन्दा पनि महाअभियानलाई अझ प्रभावकारी बनाउने उनको दाबी छ ।
प्रसाईले महाअभियान देशव्यापी रुपमा सञ्चालन गर्ने समेत घोषणा गरेका छन् । महाअभियानतिर राजनीतिक दलको आँखा लाग्न थालेको छ । सबै मिलेर प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ ।
Image Source: © https://mulpatra.com



