११ देशका राजदूत नियुक्ति गर्ने तयारी एमाले, माओवादी र रास्वपालाई कति ?

११ देशका राजदूत नियुक्ति गर्ने तयारी एमाले, माओवादी र रास्वपालाई कति ?
  • ८ असार २०८१, शुक्रबार ०५:३९

काठमाडौं–सरकारले रिक्त ११ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी छ । बिहीबार बेलुका प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले राजदूत भागबन्डा टुंगो लगाएका थिए ।

mulpatra

जसअनुसार एमालेलाई ८, रास्वपालाई २ र माओवादीले १ देशको राजदूत पाउने सहमति बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजो सहमति भएपछि आज बस्ने मन्त्रिपरिषद्को बैठकले आज राजदूत नियुक्ति गर्ने तयारी गरेको छ। त्यसका लागि ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

अघिल्लो मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएपछि ती स्थानमा राजदूत नियुक्तिका लागि सिफारिस गर्न लागेको हो । सरकारले जेठ २४ गते फि ११ देशका राजदूतलाई सरकारले फिर्ता बोलाएको थियो ।

mulpatra mulpatra mulpatra