तीन महिनाअघि प्रसाईले जिवी राई मलेसियामा लुकेको सूचना सार्वजनिक, त्यतिबेला गृहमन्त्रीले कानमा तेल हालेर बसे
काठमाडौं–उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु (जिबी) राईलाई मलेसियामा रहेको खुलासा गरेका छन् । उनले राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताए । मलेसियामा राई रहेको ठाउँ पत्ता लागिसकेको उनको भनाइ थियो ।
राई मलेसियामा रहेको विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईले तीन महिनाअघि नै सार्वजनिक गरेका थिए । उनले सार्वजनिक कार्यक्रममै जिवी राई मलेसियामा नेपालीकै घरमा लुकेर बसेको बताएका थिए । त्यतिबेला गृहमन्त्री लामिछाने वेवास्ता गरेको र अहिले अप्ठायारोमा परेपछि जिवी राई मलेसियामा रहेको बताएपछि प्रसाईको चर्चा बढेको छ ।
![]() |
![]() |
![]() |
|---|
प्रसाईले दिएको सूचनाअनुसार नै गृहमन्त्री लामिछानेले अहिले राई मलेसिया बताएको सर्वसाधारणको भनाइ छ । प्रसाईले सार्वजनिक गरेको समयमा गृहमन्त्रीले कानमा तेल हालेर बसेको समेत सर्वसाधारणको आरोप छ । तीन महिना अघि नै प्रसाईले जिवी राई मलेसियामा रहेको सूचना सार्वजनिक गरेका थिए ।
पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरण पछि फरार रहेका सहकारीका संस्थापक अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई भागेर मलेसिया पुगेको प्रहरी निष्कर्ष छ । प्रसाईले सूचना सार्वजनिक गरेपछि मात्र प्रहरीले पनि राईको खोजी गरेको थियो ।
इन्टरपोल प्रहरीले मलेसियाले जीबी राई मलेसियामै रहेको सूचना एनसीबी काठमाडौंलाई दिएको हो । यद्यपी पक्राउ गरेर नेपाल ल्याउन भने डिफ्र्युजन नोटिस प्रभावकारी नहुने भएकाले डिफ्युजन नोटिसलाई रेड नोटिसमा कन्भर्ट गर्ने तयारी प्रहरीले गरेको छ ।
Image Source: © https://mulpatra.com



