प्रसाईको लिडरसिप : महाअभियानभित्र नचाहिँदो काम गर्ने ६ जनालाई सिधैं निष्कासन

प्रसाईको लिडरसिप : महाअभियानभित्र नचाहिँदो काम गर्ने ६ जनालाई सिधैं निष्कासन
  • १० असार २०८१, आईतवार ०८:०८

काठमाडौं– राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति तथा नागरिक बचाउ महाअभियानले आफनो महाअभियानलाई कमजोर बनाउन राजनीतिक दलबाट परिचालित केही व्यक्तिलाई कारावाही गरेको छ ।

mulpatra

महाअभियानले सैद्धान्तिक रुपमा गरिब सर्वहारा वर्ग र भूँईमान्छेका मुद्दा कमजोर बनाउनका लागि गुट उपगुट निर्माण गरी भित्र–भित्रै षडयन्त्र गरिरहेका ६ जनालाई एकै पटक कारवाही गरेको छ ।

महाअभियानका अनुसार भक्तपुरका राजेन्द्र लाखा, ललितपुरका बिजय खड्की,मधेस प्रदेश इन्चार्ज नरेश शाह,धनुषाका सुरेन्द्र मणि शर्मा,कैलालीका डिपि बजगाई र मकवानपुर निवासी विजय तिमल्सिनालाई महाअभियानको साधारण सदस्यसम्म नरहने गरी कारवाही गरिएको हो । कारवाहीमा परेको व्यक्तिले महाअभियानको महत्वपुर्ण सुचना चुहाएको, आर्थिक चलखेल गरेको र अन्य अनैतिक काम गरेको आरोपमा उनीहरुमाथि कारवाही भएको हो ।

mulpatra mulpatra mulpatra

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले एकै पटक महाअभियानभित्र अनैतिक कार्यमा संलग्न व्यक्तिलाई कारवाही गरेको अहिले चर्चाको विषय बनेको छ । राजनीतिक दलभित्र यसरी नचाहिँदो काम गर्नलाई पार्टीकै शीर्ष नेताहरुले संरक्षण गर्दै आएका छन् । तर प्रसाईले भने महाअभियानको महत्वपुर्ण सुचना चुहाएको, आर्थिक चलखेल गरेको र अन्य अनैतिक काम गरेको आरोपमा ६ जनालाई एकै पटक कारवाही गरेपछि उनको यस कामलाई सर्वसाधारणले प्रशंसा गरेका छन् ।

देश र जनताका लागि आफनो आन्दोलन भएका कारण महाअभियानभित्र नचाहिँदो काम गर्नेमाथि सिधै कारवाही हुने संयोजक प्रसाईले जानकारी दिए । उनका अनुसार आफुपनि नराम्रो काम संलग्न हुदिन र नचाहिँदो काम गर्नेलाई महाअभियानभित्र नराख्ने हो ।