महाअभियानभित्र गद्दारी गर्नेमाथि कारवाही, साना–तिना समस्याले आन्दोलनमा असर पर्दैन: प्रसाई

महाअभियानभित्र गद्दारी गर्नेमाथि कारवाही, साना–तिना समस्याले आन्दोलनमा असर पर्दैन: प्रसाई
  • १३ असार २०८१, बुधबार १०:३०

काठमाडौं–राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति तथा नागरिक बचाउ महाअभियानले आफनो महाअभियानलाई कमजोर बनाउन परिचालित केही व्यक्तिमाथि कारवाही गरेको छ । विभिन्न क्षेत्र र राजनीतिक दलबाट परिचालित केही व्यक्तिलाई कारावाही गरेर निष्कासन गदै महाअियान शुद्धीकरण गर्न लागिएको महाअधियानका संयोजक दुर्गा प्रसाईले जानकारी दिएको छ ।

mulpatra

गत साता महाअभियानभित्र गुट उपगुट निर्माण गरी भित्र–भित्रै षडयन्त्र गरिरहेका ६ जनालाई एकै पटक कारवाही गरेका प्रसाईले आज विभिन्न पृष्टभूमिबाट आएका अन्य केही व्यक्तिलाई कारवाही गरेका छन् ।

प्रसाईले महाअभियानभित्र अनैतिक काम गर्ने, गुट उपगुट निर्माण गर्ने, आर्थिक चलखेल गर्ने, अर्के पृष्टभूमिबाट आएर महाअभियानमा जोडिएका लौरो अभियानका हरी कार्की, विजय कँडेल, राजनन्द मान्डपे र इसा खड्कालाई कारवाही गरेका छन् ।

mulpatra mulpatra mulpatra

उनीहरुले महाअभियानलाई असफल बनाउन भित्र–भित्रै चलखेल गरेको र महाअभियानमा होमिएका व्यक्तिलाई भड्काउने, उनीहरुलाई विभन्नि लोभ देखाएर प्रलोभनमा पार्ने काम गरेका कारण कारवाही गर्नु परेको प्रसाईको सचिवालयले जनाएको छ ।

महाअभियानलाई असफल बनाउन भित्र–भित्रै अनैतिक काम गरेका कारण अहिले यस्तो निर्णय लिनुपरेको प्रसाईले बताए । उनका अनुसार साना–तिना समस्या सिर्जना हुँदा महाअभियानलाई असर नहुने र अझ कडा रुपमा महाअभियानमा लाग्न उनीले सबै महाअभियानका समर्थकलाई आग्रह गरेका छन् । महाअभियानले आगामी दिनमा देशको मार्ग चित्रसहितको योजना बनाएर जनतासामु जाने उनको उदघोष छ ।

गत साता महाअभियानले भक्तपुरका राजेन्द्र लाखा, ललितपुरका बिजय खड्की,मधेस प्रदेश इन्चार्ज नरेश शाह,धनुषाका सुरेन्द्र मणि शर्मा,कैलालीका डिपि बजगाई र मकवानपुर निवासी विजय तिमल्सिनालाई महाअभियानको साधारण सदस्यसम्म नरहने गरी कारवाही गरिएको हो । कारवाहीमा परेको व्यक्तिले महाअभियानको महत्वपुर्ण सुचना चुहाएको, आर्थिक चलखेल गरेको र अन्य अनैतिक काम गरेको आरोपमा उनीहरुमाथि कारवाही भएको हो ।

Image Source: © https://mulpatra.com

प्रसाईले सामाजिक सञ्जालमा लेखेका छन् ।