कांग्रेस–एमाले भ्रष्टाचार र आ–आफ्ना कर्तुत ढाकछोप गर्न सत्तामा उक्लिएको प्रसाईको आरोप

कांग्रेस–एमाले भ्रष्टाचार र आ–आफ्ना कर्तुत ढाकछोप गर्न सत्तामा उक्लिएको प्रसाईको आरोप
  • २२ असार २०८१, शुक्रबार १०:५९

काठमाडौं– कांग्रेस–एमाले मिलेर अब साँच्चै केही गर्छन् भन्ने आश गर्नु बेकार हुने नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईको आरोप छ। आ–आफ्ना कर्तुत ढाकछोप गर्न र आफूहरूलाई जोगाउन मात्र यी दुई दल मिलेको प्रसाईको दाबी छ ।

mulpatra

भोलिका आम मानिसको आशा निराशामा बदलिने र आम नागरिकले अझ कष्टकार जिवन जिउने दिन आउने प्रसाईले बताए । अहिलेको सत्ता सञ्चालनको प्रणालीलाई हटाएपछि, त्यो निकम्मा प्रणालीमा विश्वास गर्ने पात्रहरूलाई तह लगाउने सजिलो हुने उनको विश्वास छ। ‘राज्यले विकासका लागि हरेक वर्ष छुट्ट्याउने पैसा (पुँजीगत बजेट) खर्च हुँदैन् । कैयौं वर्षदेखि हरेक अर्थमन्त्रीले कुर्सीमा बसेका दिन म त्यसलाई ठीक गर्छु भन्दै आएका छन्। त्यही भए नयाँ व्यवस्था आवश्यक छ ।’ उनले भने । राजनीतिक दलहरूलाई चाहिने आर्थिक स्रोतको व्यवस्थापन कसरी गर्ने थाहा नभएको उनी बताउँछन् ।

शासन प्रणाली दण्ड, पुरस्कार र जबाफदेहीता हुने खालको हुनुपर्छ । सरकारको चुस्त र प्रभावकारी सञ्चालन सुनिश्चित गर्न राजनीतिक दलको आवश्यकता छ । गुटका आधारमा होइन, क्षमता र इमानका आधारमा सरकारको नेतृत्व हुनुपर्ने प्रसाई बताउँछन् । अहिले राजनीतिक दलमा त्यस्तो नदेखिएपछि जनतामा निराशा फैलिएको हो । यसका लागि नेपालमा वैकल्पिक शक्ति चाहिन्छ भन्ने जनतामा भएको उनको दाबी छ ।

mulpatra mulpatra mulpatra

दल र नेताहरूको आचरण, इमान, क्षमता र कार्यशैली प्रमुख रूपमा अहिले कमाउन र भ्रष्टाचार गर्नेतिर मात्र छ। यसबाट आगामी दिनमा जनताले नयाँ शक्तिका लागि केही शिक्षा सिक्नुपर्ने उनको बुझाइ छ । प्रसाईले सबै नेपालीले एक पटक पार्टी र दलभन्दा माथि उठेर देशका लागि सोच्ने बेला आएको पनि औल्याएका छन् ।