यात्रुसहित त्रिशूलीमा बेपत्ता २ बस खोजीमा ड्रोन र सोनार क्यामेरा प्रयोग
काठमाडौं– त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न पानीभित्र हेर्न मिल्ने ‘ड्रोन क्यामरा’ प्रयोग थालिएको छ । हिजो चुम्बकसहित खोज्दा समेत बेपत्ता बस र यात्रु फेला नपरेपछि ड्रोनबाट खोज्न थालिएको हो ।

गत असार २८ गते त्रिशुलीमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम प्रयोगमा ल्याइएको हो । ¥याफ्टबोटमा जडान गरेर पानीभित्रको वस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पु¥याउने सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ। साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।
वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशुली नदीमा खसेको थियो ।
