तस्करको इन्टेन्सनमा ओली सरकार, उनकाे पाँच बिचौलिया व्यापारीसँग साँठगाँठ: प्रसाई
काठमाडौं– कांग्रेस–एमालेको गठबन्धन तस्कर व्यापारको योजनामा बनेको मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ संयोजक दुर्गा प्रसाईले बताएका छन् ।

उनले एमालेका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी ओलीले एक दर्जनभन्दा बढी तस्करी व्यापारसँग मिलेर अबौं लगानी गरेको समेत औंल्याएका छन् । ओलीले व्यवसायी मोती दुगड, एनएमवी तथा गोल्यान ग्रुप अध्यक्ष पवन गोल्यान , व्यापारी दीपककुमार मल्होत्रा, विशाल ग्रुप तथा एनआइसी बैंकका सञ्चालक तुलसी अग्रवाल र पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको यति कम्पनीमार्फत विभिन्न क्षेत्रमा लगानी गरेको प्रमाण आफुसँग भएको प्रसाईले जानकारी दिए ।
प्रसाईका अनुसार विराटनगरका उद्योगी दुगड २०७६ साल मंसिरमा ओली सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भएका थिए । भने मल्होत्रा ओलीनिटक व्यवसायी हुन् । भने गोल्यान पनि ओली निटक नै मान्छिन् । यति गु्रपलाई त ओलीले २०७५ सालमा कानुन मिचेर हाइट्रो पावरका लागि लगानीको अनुमति दिएका दिए । भने विशाल ग्रुपका व्यवसायीसँग पनि ओलीसहित एमालेका केही व्यापारीको उठबस रहेको एमालेकै नेताहरु बताउँछन् ।
![]() |
![]() |
![]() |
|---|
नेपाली उड्डयन क्षेत्रका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको हेलिकप्टर दुर्घटनामा मृत्यु भइुसकेको छ ।
एमाले अध्यक्ष ओलीको पाँच जना व्यापारीमार्फत विभिन्न क्षेत्रमा लगानी छ। अहिले तीनै व्यापारीको इन्टेनसनका माओवादी अध्यक्ष पुष्पकमल दाहालको सरकार ढलेको प्रसाईले बताए । ‘अहिलेको सरकार पनि पाँच जना व्यापारीको इन्टेन्सनमा आएको हो । त्यही भएर ओली अहिले तीनै व्यापारीको इसारामा चलेका छन् ।’
नेपालको अर्थतन्त्रमै कब्जा जमाएका केही तस्करी व्यापारी र मारवाडीहरू देशको कानुन तथा ऐनविपरीत मनपरी ढंगले कारोबार गरिरहेको उनको भनाइ छ । उनीहरुलाई एमाले, कांग्रेस र माओवादीजस्ता पार्टी संरक्षण दिइरहेको प्रसाईको आरोप छ । प्रसाईले यस विषयमा दुईअघि देखि आवाज उठाउँदै आएपनि सरकारले उनीहरुमाथि छानबिन गर्न सकेको छैन ।
नेपालको ४५ खर्बभन्दा बढी पैशा मारवाडीहरुकै हातमा छ । जसका कारण नेपालमा जस्तो देशमा आर्थिक मन्दी देखिएको प्रसाईले औंल्याएका छन् ।
Image Source: © https://mulpatra.com
उनका अनुसार नेपालमा ९–१० खर्ब रुपैयाँ पैसा मात्र छ । त्यही भएर निर्माण व्यवसायीले समयमा भुत्तानी पाएको छैन भने देश आर्थिक मन्दीको भुमरीमा फसेको प्रसाईले बताए । ‘मारवाडीका हातमा ४५ खर्ब भन्दा बढी पैसा भएपनि नेपालमा रोजगारी सिर्जना गर्न सकेका छैन । जसका कारण नेपालीहरु वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यता छ । अहिले देशभित्र भएको रोजगारी नेपाली व्यवसायीहरुले सिर्जना गरेका छन् ।’ उनले भने, ‘हाल नेपालको व्यवसाय ओरालो लाग्नुको मुख्य कारण पनि मारवाडीको हातमा पैसा नै हो । नेपालको कृषिमा लगानी गर्ने भनेर पैसा उनीहरुले कब्जा गरेका छन् । यो अहिलेको मुख्य समस्या हो ।’
नेपालका अधिकांश मारवाडी समुदायसम्बद्ध व्यापारी र व्यवसायीको भारत र दुबईमा घर, अपार्टमेण्ट र भिल्ला रहेको प्रहरीले बताउँदै आएका छन् । विशेषगरी सनराइज, एनएमबी, एनआईसी एसियामा मारवाडी व्यवसायीहरूको लगानी रकम धेरै देखिन्छ । आफ्ना सबै खालका व्यवसायमा सहयोग पु¥याउने उद्देश्यले उनीहरूले एक एक वटा बिजनेस तथा आर्थिक समेत चलाएका छन् ।
यसरी छिरेका थिए मारवाडी नेपाल
मारवाडी समुदाय १९८५ सालमा नेपाल छिरेका थिए । ४५ वर्षअघि वर्माबाट लखेटिएका मारवाडीहरू नेपाल आएर सामान्य लगानीमार्फत देशको अर्थतन्त्रमा पनि कब्जा जमाएर बसेका छन् ।
नेपाल बस्दै आएका पुराना मारवाडी समुदायमा विशेषगरी दुगड, सांघाइ, गोल्छा, चौधरी र खेतान हुन् । अशोक अग्रवालको परिवारको व्यवसाय भने बहुदल आएपछि बढ्दै गएर गणतन्त्र आएपछि फस्टाएको हो । अशोकका पिता जगदीश विराटनगरका हुन् । उनको एमाले नेता तथा पूर्व अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीसँग निकट भएर एमालेभित्र सम्बन्ध बढाएको थिए ।
राजधानीमा खुलेको बिग मार्ट ग्रोसरी आउटलेटमा पनि जगदिशहरूको लगानी रहेको बताइन्छ । जगदीश अग्रवालका तुलसी अग्रवाललगायत तीन दाजुभाइ हुन् । जगदिशका छोरा अशोक अग्रवाल विशेषगरी इम्पोर्ट एक्सपोर्ट बिजनेसमा संलग्न छन् । काका तुलसी अग्रवाल एनआइसी एसियाका अध्यक्ष हुन् ।



