एमालेबाट अर्थमन्त्री पौडेलसहित आठ मन्त्रीको लिष्ट

एमालेबाट अर्थमन्त्री पौडेलसहित आठ मन्त्रीको लिष्ट
  • ३१ असार २०८१, आईतवार १०:४०

काठमाडौँ– आज बसेको बैंठकले नेपाली कांग्रेसले ९ र नेकपा एमालेले ८ वटा मन्त्रालय लिनेगरी सहमति भएको थियो । सोही सहमतिअनसुार एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारमा एमालेले अर्थ मन्त्रालयमा विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा योगेश भटटराई, शिक्षा मन्त्रालयमा विद्या भटटराई, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुथ्वी सुब्बा गुरुङ, र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा पदम गिरीलाई पठाउने तयारी गरेको छ ।

mulpatra

यस विषयमा अहिले एमालेको केन्द्रीय पार्टी कार्यालयमा छलफल भइरहेको एमालेका एक सासंदले जानकारी दिए । उनका अनुसार छविलाल विश्वकर्मर ठाकुर गैरे र एलपी साँवालाई कुन मन्त्रालयमा पठाउने भनेर छलफल चलिरहेको छ ।

आज सबै बसेको कांग्रेस –एमालेको बैठकले कांग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, परराष्ट्र र वन मन्त्रालय परेका छन् । भने, एमालेले अर्थ, भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमिसुधार मन्त्रालयको नेतृत्व गर्ने सहमति भएको थियो। साना दलपनि सरकारमा सहभागि भएपछि दुवै पार्टीले मन्त्रालय घटाएका छन् ।

mulpatra mulpatra mulpatra