एमालेले टुंग्यायो सबै मन्त्री (मन्त्रालयको जिम्मेवारीसहित)
काठमाडौं–नेकपा एमालेले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको लगभग टुंगो लागेको छ । एमाले स्रोतका अनुसार एमालेले पाएका आठ मन्त्रालयमध्ये उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले पाउने छन् । केही दिनअघि नै ओलीले पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेका थिए ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सूचना तथा सञ्चार, देवेन्द्र दाहाल भौतिक योजना मन्त्री बन्ने भएका छन् । दाहाललाई राष्ट्रियसभाबाट ओलीले समेटेका हुन् । शिक्षा मन्त्रालयको जिम्मेवारी विद्या भट्टराईले पाउँदा रक्षा मन्त्रालय मानवीर राई बन्ने भएका छन् । भट्टराई मन्त्री बन्ने चर्चामा थिइन् भने राई आज बिहान मात्रै मन्त्रीको लिष्टमा परेका हुन् । उनी मन्त्रीमा पर्दा योगेश भट्टराईको नाम काटिएको छ ।
उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् । ओलीले प्रादेशिकरूपमा मन्त्री विभाजन गरेका हुन्। कोशीबाट मानबीर राई र देवेन्द्र दाहाल पर्दा मधेशबाट जुली महतोलाई समेटेका हुन् ।
![]() |
![]() |
![]() |
|---|
गण्डकीबाट पृथ्वीसुब्बा र विद्या भट्टराई पर्दा लुम्बिनीबाट विष्णु पौडेल र बलराम अधिकारी परेका हुन्। कर्णालीबाट एमालेका प्रत्यक्ष निर्वाचित सांसद छैनन् । यता सुदूरपश्चिमबाट दामोदर भण्डारी समेटिएका छन्। यी मध्ये दामोदर र बलराम यसअघिको सरकारमा समेत सहभागी थिए ।



