Close

Recent Posts

प्रसाईको झापा घोषणापत्र जारी: देशको भविष्यसहित स्पष्ट विकास चित्र

  • १ श्रावण २०८१, मंगलवार १३:१२

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ संयोजक दुर्गा प्रसाईले झापा घोषणापत्र जारी गरेका छन् । उनले आफनो घोषणापत्रमा देशको मार्गचित्र, नेपालको भविष्य, कुटनीतिक सम्बन्ध, विकास, स्वास्थ्य, रोजगार, पर्यटन, स्वास्थ्य र अन्य विकासका योजना सार्वजनिक गरेका छन्।

mulpatra

यतिबेला नेपाललाई १६ परिवार मारवाडी, १० परिवार नेपाली र ३० जना विभिन्न पार्टीका नेताहरुका कारण तस्करको अखडा बनेको छ । यसबाट देशलाई बचाउन सबै नेपाली एक ठाँउमा उभिएर हात्तेमालो गर्नुपर्ने प्रसाईले पत्रकार सम्मेलन गरेर उद्घोष गरेका छन् ।

उनले नेपालको सरकारी जग्गा तथा राजा महेन्द्रको पालामा निर्माण भएका उद्योगधन्दा र कलकारखानाहरु नवउद्दारवादको नाममा समाप्त भएको समेत औल्याएका छन् । प्रसाईले लघुवित्त, शहकारी, फाईनान्स, ईन्सुरेन्स, रि ईन्सुरेन्स, शेयर वजार लगायतका सम्पूर्ण अर्थतन्त्र आफ्नो कब्जामा लिई सारा नेपालीहरुलाई बधुवा मजदुर बनाई विदेशीन बाध्य तुल्याईयो ।

mulpatra mulpatra mulpatra

त्यतिमात्र नभएर नेपालीहरुका घरजग्गा लघुवित्त, शहकारी, बैंक र वित्तिय संस्थाहरु मार्पmत ऋण लगानिको वाहानामा आफुले कब्जा गरी लिलाम गर्ने । नेपाली नागरिकहरुलाई सुकुमवासी बनाउने ।नेपालको दक्ष युवा शक्तिलाई विदेशीन बाध्य तुल्याउने सम्मका कामहरु भए प्रसाईले औंल्याएका छन् ।

नागरिक वचाउ महाअभियानको जन्म पश्चात् लाखौं नेपाली माथी ऋण लगानीका वाहानामा बैंक, लघुवित्त र मिटर व्याजीहरुबाट हुँदै आएको दमन र एकाधिकारमा न्यूनीकरण हुनु, १८ देखी २४ प्रतिशतको व्याजदर लाई अभियानको आन्दोलन मार्पmत १ अंकमा कायम गर्नु , नागरिकलाई आत्महत्याको दुश्प्रयासबाट बचाएर तिनै व्यक्तिहरुलाई अभियन्ता बनाउँदै , झोलामा मर्नको लागि डोरी र विषको वोतल बोकेर हिंडेकाहरुलाई अरुको जीवन बचाउने बाटोमा ल्याउन सक्नु , विदेशका डान्सवार र कोठीहरुबाट सयौं छोरीहरुको उद्दार गर्नु , वेवारिसे लाशहरु उठाई नागरिकका घर–घर सम्म पु¥याउनु , फाँसिको सजाय सुनाईएका नेपालीलाई ब्लडमनि जम्मा गरि स्वदेश फर्काउनु , दशौं हजार नेपालीका घर लीलामी हुनबाट बचाउँदै लाखौंको ऋणको भाखा लाई सहज बनाउँदै प्रतिपक्षी विहिन राज्य व्यवस्थामा एउटा अभियानले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सफल हुनु ,छोटो समयमा हासिल गरेका उपलब्धीहरु भएको महाअभियानको सफलता भएको बताइएको छ ।

झापा घोषणा – पत्र २०८१

Image Source: © https://mulpatra.com

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महा अभियानको प्रथम एतिहासिक राष्ट्रिय भेला मिति २०८१ साल असार ११ गते देखि मिति २०८१ साल असार १४ गते सम्म अभियानका केन्द्रीय संस्थापक संयोजक श्री दुर्गा प्रसाईको झापा जिल्ला बिर्तामोड – ५ स्थित निजी निवास परिषदमा सम्पन्न गरियो ।

आवाज बिहिनहरुको आवाज बनेर देशका ७७ वटा जिल्लाबाट प्रतिनिधित्व गर्दै पाल्नु भएका जिल्ला, अञ्चल केन्द्र र सचिवालय प्रमुखहरुको एतिहासिक भेलालाइ अभियानका केन्द्रीय संयोजक नेपाली जनमनका पुजारी श्रद्देय दुर्गा प्रसाइ ज्युले बिधिवत रुपमा प्रशिक्षण मुलक मनतब्यबाट समुद्घाटन गर्नु भएको थियो । अभियानले १७ महिनाको दौरानमा हासिल गरेका एतिहासिक उपलब्धिहरु । राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेका ख्यातिहरु । गरिव, असहाय र शोषित पिडित नागरिकको जीवन रक्क्षार्थ पुर्याएका योगदानहरु ।देश दौरानका क्रममा विभिन्न स्थानहरूमा भएका ५५ वटा नाग÷िकसभा र त्यसबाट भएका उपलब्धिहरु । संगठन भित्रका सबल र दुर्वल पक्षहरु । अबसर र चुनौतीलाइ प्रस्ट पार्दै यश अघि गठित केन्द्रीय समिति, सचिवालय समिति र बिभागिय उप–समितिहरु बिगठन गरि नागरिकको घर दैलोमा पुगि नागरिकका अभाव, पीडा र छट्पटीहरुमा मलम पट्टीलगाउदै देशको वास्तविक धरातल बुझेर संगठन बिस्तारलाई ब्यापक रुपमा अघि बढाउन एक उच्च स्तरीय कार्यदल गठन गर्ने र सो कार्यदल ले देश ब्यापि रुपमा संगठन बिस्तार गरि जिल्ला, नगर हुँदै वडा र टोल सम्म पुगेर राष्ट्र र राष्ट्रियता प्रती समर्पित सबै देश भक्त नागरिकहरुलाइ एउटै राष्ट्रिय झण्डा मुनि गोलबद्ब हुन आग्रह र अनुरोध गर्ने बिषयमा केन्द्रीकृत भइ सम्पन्न अभियानको प्रथम राष्ट्रिय भेला द्बारा जारी घोषणा – पत्र लिएर हामी तपाईं देशबाशी आमाबुबा दाजु भाइ तथा दिदीबहिनीहरु माझ उपस्थित भएका छौँ । नव उद्ददा÷वाद रुपी व्यवःथा बाट उजाडिएको नेपालीपन, नेपाली मन ÷ मातृभ’मि आमा नेपाललाई भविष्यमा कःतो बनाउने भन्ने प÷िकल्पना सहितको भाविनिति तथा कार्यक्रमहरु तपाईमाझ पःकने प्रयास ग÷ेकाछौं । आशा छ यसको गहन अध्ययन ग÷ी तपाईको तर्पmबाट समेत ÷ाष्ट्र निर्माणका लागि हाम्रो अभियानमा एकबद्धता जाहे÷ गर्दै आफ्नो अम’ल्य स’झाव सल्लाह ÷ प्रतिकृया प्रदान ग÷िदिन’ ह’नेछ भन्ने प“र्ण विश्वासका साथ यो घोषणा पत्र जा÷ी ग÷िएकोछ ।

नागरिक बचाउ महा–अभियानका एतिहासिक उपलब्धिहरु

अभियानका संस्थापक संयोजक आदरणीय दुर्गा प्रसाइ ज्युले देख्नु भएको सपनालाइ साकार पार्न मिति २०७९ साल फागुन १ गते मेची को वगरमा दिप प्रज्जवलन गरि सुरु गरेको अभियानले छोटो समयमा निकै ठुलो उपलब्धि हासिल गर्न सफल भएको कुरा प्रथम एतिहासिक राष्ट्रिय भेलाले अनुमोदन गरि सबै सस्थापक तथा अभियानमा समर्पित पदाधिकारीहरुलाई उच्च सम्मानका साथ धन्यवाद ज्ञापन ग÷ीएको छ । करिव १७ महिनाको दौरानमा प्राप्त उपलब्धिहरुलाइ एतिहासिक राष्ट्रिय भेलाले निम्न बमोजिम लिपिबद्ब गर्न सफल भएको हो ।

१– अष्पोर्ड युनिभर्सिटी ले अहिले सम्म नभेटेको नदेखेको र नलेखिएको नेपाल र नेपालीको पहिचानलाइ श्री दुर्गा प्रसाइ र दुर्गा प्रसाइज्युले नेतृत्व गरेको नागरिक बचाउ महा अभियान मार्फत विश्व भर चिनाइ दिएको छ । यो हाम्रो लागि मात्रै नभएर विश्व इतिहासमा नेपाल र नेपालीको एतिहासिक पहिचानको रुपमा सबै भन्दा ठुलो उपलब्धि हो भन्ने राष्ट्रिय भेलाको निष्कर्ष रहेको छ । अष्पोर्ट एन लाइटीका जर्नलमा विश्व भरका मानिसहरूले पि। एच। डि। यानिकी बिद्यावारिधि गर्नको लागि तयार गर्ने सोधपत्र को आधारशीला यश अभियानका केन्द्रीय संयोजक श्रद्देय दुर्गा प्रसाइ बन्न सफल हुनु बिश्व इतिहासमा नेपाल र नेपालीको पहिलो पहिचानका रुपमा हामीले लिन सफल भएका छौ । जुन कुराले हामी सबैको शिर सगरमाथा भन्दा उच्च भएको छ । यो हामी सबैका लागि गौरवको बिषय रहेको छ ।

२–बिश्वका शक्तिशाली राष्ट्रहरुको होडबाजीमा तेश्रो बाट दोश्रो तर्फ लम्कदै गरेको छिमेकी राष्ट्र भारतले दुर्गा प्रसाइ ज्युलाइ नेपालका राजनीति दलका नेता सरहको दर्जामा राखेर सम्मान गर्ने जुन निर्णय गरेको छ । त्यो दुर्गा प्रसाइ र हाम्रो अभियान को मात्रै नभएर सिंगो राष्ट्र प्रतिको सम्मान हो भनेर हामीले गर्व गर्न पाएका छौँ ।

२।१– अभियानका संयोजक श्रद्देय दुर्गा प्रसाइ ज्युको ब्यक्तिगत जीवनी, वहाले उठाएका सामाजिक तथा राजनीतिक मुद्दाहरुलाइ समेटेर अमेरिका बाट २०८१ साल जेष्ठ महिनामा नेपाल आएको राजनीतिक शास्त्रका प्राध्यापकको टोलीले सो देशको राजनीतिक शास्त्र को पाठ्यक्रममा समेट्ने सम्मको तयारी भइरहेको छ । जुन नेपाल र नेपालीको लागि सबै भन्दा ठुलो गौरवको रुपमा रहेको छ ।

३– केन्द्रीय संयोजक ज्युको निस्वार्थ र सेवा रुपि भावनाकै कारण बिदेशका डान्स, बार र कोठिहरुबाट लाखौं लाख रुपैयाँको धनराशि खर्च गरि ३ सय बढि छोरीहरुको स कुसल उद्बार गरियो ।

४– १० हजार ३ सय ९४ जना नागरिकहरु को घर जग्गा लीलाम हुनबाट अभियानले जोगाउन सफल भएको छ ।

५– बैंक, सहकारी र लघुबित्त बाट ऋणको भाका सारी ५० हजार भन्दा बढि नागरिकको जीवन शैलीलाइ सहज बनाउन अभियानले उल्लेखनीय भुमिका निर्बाह गरेको छ । बैक, लघु बित्त र सहकारीहरुले ऋण लगानीको वहानामा ऋणिबाट २४ प्रतिशत सम्म ब्याज लिदै आएकोमा नागरिक बचाउ महा अभियानको जन्म र षर्घर्सका कार्यक्रम पश्चात् ऋणको ब्याजदर ९ देखि १० प्रतिशतमा झरेको छ । जसबाट आम नागरिकले प्रत्यक्ष लाभ लिन पुग्ने नै नागरिक बचाउ महाअभियानको एतिहासिक उपलब्धिका रुपमा रहेको राष्ट्रिय भेला मार्फत पारित गरियो ।

६– बैदेशीक रोजगारीका क्रममा ज्यान गुमाउन पुगेका करिव ३ दर्जन बढि नेपाली युवाहरुका बेवारिसे लास संकलन गरि लाखौं लाख धनराशि खर्च गरि केन्द्रीय संयोजक ज्युको प्रयास र प्रयत्नमा घर सम्म लाई पारिवारिक शोक र पिडामा अभियानले मलम पट्टी लगाउने काम सम्पन्न गरि सकेको छ ।

७– रोजगारीको दौरानमा बिदेशमा पुगि बिभिन्न वहानामा जेल परेर फाँसी को सजाय सुनाइएका चा÷ दर्जन बढि नेपाली युवाहरुको जीवन रक्क्षार्थ प्रतिब्यक्ती १५ लाख देखी ५० लाख भन्दा माथि ब्लडमनि जम्मा गरि श्रद्देय संयोजक ज्युद्बारा घर सम्म ल्याइ नयाँ जीवन दिने अकल्पनीय कार्यलाई अभियान मार्फत सफलतामा परिणत गरिएको छ ।

८– अभियानका संयोजक ज्युको एकल प्रयास र लगानीमा अनाथ, टुहुरा तथा गरिव परिवारका बिद्यालय सम्म पुगेर अध्ययन गर्ने अबसरबाट बञ्चित करिव ५ दर्जन बढि बालबालिकाहरुलाइ प्रारम्भिक शिक्षा देखि उच्च शिक्षा सम्मको पठन पाठनका लागि निःशुल्क ब्यवस्था मिलाइएको छ ।
९– अभियानको नाम लिँदै आएका र उपचार खर्च जुटाउन नसकि मृत्यु वर्ण गर्न लागेका नागरिकको जीवन बचाउन आदरणीय संयोजक दुर्गा प्रसाइ ज्यु मार्फत सयौं गरिव, सर्वहारा र भुइमान्छे हरुको निशुल्क उपचार गरि नागरिकले आर्थीक श्रोतको अभावमा ज्यान गुमाउनु पर्ने बाध्यता को अन्त्य भएको छ ।

१०– बितिय संघ सस्थाहरुले नागरिकको घरबाट दैनिक उपभोग्य बस्तु, भाँडाकुँडा र तलाकपडा समेत उठाएर लगेको थाहा पाए पछि आफुले खाने पकाउने र ओड्ने ओछ्याउने भन्दा अझ स्तरीय भाडाकुडा, सिरक डसना बनाइ १÷२ परिवारमा होइन सिंङ्गो गाउँलाई नै वितरण गरि नागरिकलाई बचाउन सफल भएको छ ।
११– गणतन्त्रले उजाड बनाएका ग्रामीण बस्तीहरुमा पिउने पानी सम्म नभए र काकाकुल बनेका जनताको जीवन बचाउदै हजारौं हजार धारा, कल र पानीका आबश्यक औजारहरु वितरण नागरिक बचाउ अभियान मार्फत गरियो ।

१२– गरिव, सर्वहारा र भुइमान्छे जो बैंक सहकारी मिटर ब्याजी र लघुबित्तबाट घरबार बिहिन बनाइएको छ, जसको परिवारमा छोराछोरीको बिबाह खर्च जुटाउन मुश्किल परेको छ, परिवारमा मरुमारु हुदा काज किरिया गर्न १३ दिनको पानी बाट उत्रन सम्म सक्ने श्रोत छैन ती सबैलाई बचाउन र त्यस्ता नागरिकहरुको दैनिकी सहज बनाउन संयोजक दुर्गा प्रसाइ ज्युले त्यो अबस्थाका सबै नागरिकहरुलाइ बिबाह खर्च दिने काजकिरिया खर्च उपलब्ध गराउने । पिडितहरुको घर आँगनमा पुगी सहानुभूति र हौषला प्रदान गर्दै राज्य बिहिन नागरिक बिच अभिभावकको जिम्मेवारी पूरा गर्ने सम्मका कामहरु गरिएको छ ।।

१३– देशका भष्ट दलाल र दस्करहरुको खोज पहिचान गरि तिनिहरुले देश दोहन गरि राज्यको सम्पत्ति बिदेश पुर्याउदै देशलाई कंगाल बनाएका यथार्थ प्रमाणहरु जुटाइ उनिहरुको कर्तुतलाइ छर्लङ्ग पारेर ठुला ठुला एलसिडि मार्फत देशका महत्त्वपूर्ण शहरहरुमा लाखौं लाख जनता माझ सार्वजनिक गर्ने सम्मको साहष र आँट नागरिक समाज र यसका संयोजक दुर्गा प्रसाइज्यु मार्फत भएको छ । जुन काम नेपाकै इतिहासमा नागरिक स्तरबाट भएको पहिलो शाहषि र महत्त्वपूर्ण काम हो भन्ने अभियानले ठहर गरेको छ ।

१४– बैंक सहकारी र लघुबित्तको ऋणबाट घरबारविहीन भएर बिदेशीन बाध्य भएका करिव १ क÷ोड ६० लाखको हाराहारीमा रहेको नेपालको दक्ष जनशक्तिलाई आफ्नै देशमा रोजगारीका अबसर प्रदान गरि आफ्नै देश फर्क, आफ्न घर फर्क अभियान सञ्चालन गर्ने । २० लाख मुनिका सबै नागरिकहरुको ऋण मिनाह गर्ने । २० लाख माथिको ऋणलाइ २५ देखि ३० बर्ष भित्र तिर्न सक्ने वातावरण मिलाउने । ऋणको ब्याजदर लाई ७ प्रतिशत भन्दा तल कायम गर्ने । नवउदारबादको नाममा गदार ÷ाजनितिको साँठगाँठमा तस्करहरुलाइ बिक्री गरि निजीकरण भएका उध्योग धन्दाहरु, दलाल र तस्करहरुलाइ बेचिरहेका चिया बगान, जुटमिल, चिनि उध्योग, छालाजुत्ता कलकारखाना, सिमेन्ट कारखाना बाँस्वाडि छाला उध्योग, कपडा उध्योग, जनकपुर चुरोट कारखाना, ट्रलिबस, भृक’टी कागज उद्योग लगायतका राज्यका सार्वजनिक सम्पतिहरु राज्यकै स्वामित्वमा ल्याइ संञ्चालन गर्ने । यसबाट लाखौं लाख नेपाली युवालाई स्वदेश मै रोजगारीका अबसर प्रदान गर्ने सम्मका अबधारणा सर्व प्रथम नागरिक बचाउ महा अभियानले स्थापित गर्न सफल भएको छ ।

१५– बैंक तथा बितिय संघ सस्थाहरुबाट हुँदै आएको आर्थिक सामाजिक र मानसिक यातना नागरिक बचाउ महा अभियानको जन्म पछि न्यून हुदै गएको छ । जसका कारणबाट जनताले ठुलो राहतको महशुस गरि तनावलाइ सहन गर्न नसकी आत्मा हत्या गर्नु पर्ने सम्मको अबस्थाबाट नागरिक लाई अभियान ले छहारी मात्रै दिएन सिंगो जीवन बचाउन समेत सफल भएको छ ।
१६– सत्ता लिप्त राज्य ब्यबस्थाका मसियारहरु जो राज्लाइ अप्ठ्यारो पर्दा एक नहुने राज्य लाई लुछेर खोेन, भष्टचार गर्न सधैँ एक हुने व्यवस्थाका मतियारहरुका लागि नागरिक बचाउ महा अभियानले देशमा प्रतिपक्षिको भुमिका निर्वाह गरि सिंगो राज्य ब्यबस्थालाई नै काउण्टर दिन सक्नु सबै भन्दा ठुलो उपलब्धि हो भन्ने कुरा राष्ट्रिय भेलाले पारित गरेको छ ।

अभियानका भावी नीति तथा कार्यक्रमहरु

१– हाल सम्मका प्राप्त उपलब्धिहरुलाइ सस्थागत गर्ने ।
३– वर्तमान ब्यवस्थाको अन्त्य गरि ऊँकार परिवार भित्र आबद्ब सबै धर्मावलम्बीहरुको भावना र चाहनालाई उच्च सम्मान गर्दै स’धा÷ीएको राज सस्था सहितको हिन्दु राष्ट्र नेपाल को निर्माण गर्ने ।
४– गरिव सर्वहारा र भुइमान्छेहरुको जीवनमा आमुल परिवर्तन नभए सम्म र उनिहरुले जीवन परिवर्तन को आभाष नलिए सम्म नागरिक बचाउ महा अभियानले सत्ता र पार्टीको परिकल्पना सम्म नगर्ने वाचा गर्दछौ । किनकि हाम्रो चाहना गरिवको उद्वार हो गरिव माथि राजनीति होइन ।
५– नागरिक बचाउ महा अभियान जनताका लागि शाषक होइन सेबक बनेर शोषकको अन्त्य र शोषितको सेवामा समर्पित रहने ।

६– अतिथि देवो भवः सर्वधर्म, समभाव, बिश्व बन्धुत्व र भाइचारा को नाता हाम्रो अभियानको मुल मन्त्र बनाएर अघि बढ्ने । बिबिधता भित्रको एकता बहुजाती बहुभाषि बहुसाँस्कृतिक पहिचान नै नेपालीको साझा पहिचान हो भन्ने हामीले मानेका छौँ । राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान हाम्रो मुल मन्त्र भएको हुँदा हामी सबै धर्मलाई उतिकै सम्मान गर्ने तर मिसन सहितका धर्महरुको जरैबाट अन्त्य गर्ने अभियानको नीति तथा कार्यक्रम रहने छ ।

७– छिमेकी राष्ट्रहरु संग सधैँ पारस्परिक एकताका साथ सम्बन्ध लाई नयाँ दुरगामी दृष्टिकोणबाट बिस्तार गरिने छ । मिसन सहितका सहयोगहरु हामीलाई मान्य नहुने र छिमेकी राष्ट्र भारत संगको बर्षौ देखिको सिमा बिबाद पारस्परिक आधान प्रधान ९न्ष्खभ बलम त्बपभ ०का आधारमा नागरिक अभियानले नागरिकलाई साक्षी राखेर सदाको लागि अन्त्य हुने गरिको सन्धि सम्झौता र दिगो सम्बन्ध को बिकास गर्ने । जसका लागि अहिले देखि नै दुबै राष्ट्र बिच एकताका हात अघि बढि सकेको कुरा आम नागरिक समक्ष प्रष्ट पार्ने । परराष्ट्र नीति तथा कार्यक्रम सन्धि सम्झौता गर्नु परेमा बन्द कोठा भित्र होइन खुल्ला मैदानमा जनतालाई साक्षी राखेर जनभावनाको निर्णय अनुसार प÷÷ाष्ट्र नीति तथा कार्यक्रमहरुको तय गर्ने ।

८– नवउद्बार वाद रुपि भ्रष्ट ब्यवस्थाको अन्त्य, नागरिकको रक्षा, दिगो शान्ति र शुषासन नागरिक बचाउ महा अभियानको मुल मन्त्र नागरिकहरु बिच स्थापित गरि नेपाली राष्ट्रिय सम्पदा, नेपाली संस्कृति भित्रका हाम्रा पुर्वीय मूल्य र मान्यताहरुलाइ बचाइ राख्न अभियानले उल्लेख्य भुमिका निर्वाह गर्ने ।

९– लासले म’र्दाघ÷मा छोराछोरी पर्खनु पर्ने र स्वदेशमा सम्भावना नभटिए पछि बिदेशीन बाध्य नेपाली युवा युवतीहरु अन्तत बाकसमा बन्द लाश भएर स्वदेश फिर्नु पर्ने प्रथाको अन्त्य गर्ने । ऋणका कारण घर जग्गा लीलामीमा परि सुकुम्वासी बनाइ एका र बर्षौ देखि नेपाल मै बसोवास भएका नेपाली नागरिक कसैलाई पनि भुमि बिहिन बनाइने छैन नागरिकको सरकार स्थापना भए कै राता सारा रोक्का र लीलामीमा परेका जग्गा पुकुवा हुने सहका÷ी ÷ लघ’वित्तको २० लाख मुनिका सबै ऋणीको ऋण स÷का÷ले मार्पmत मिनाहा ग÷िने छ।

१०– बैंक र बित्तीय संस्थाहरुको एकाधिकार र जनता माथि ऋण लगानी का बहानमा हुदै आएको चरम दमन र ब्यापारीक प्रथाको अन्त्य गरिने । सहका÷ीमा ÷हेको बचत कर्ताको डिपोजिट लाई सुरक्षा प्रदान गर्ने । सहका÷ीका कतिपय संचालकहरु बाट ठगिएको नाग÷िकहरुको डिपोजिट ÷कम स÷का÷ आपैmले फिर्ता गर्ने वाताव÷ण मिलाउने ।

११– किसानहरु लाई कृषि उध्योग ब्यवसाय संञ्चालनका लागि शुन्य दशमलव ५ प्रतिशद ब्याजदरमा वीना धितो उद्योग संचालनको ग’रु योजना लाई अध्ययन ग÷ि ५ लाख सम्मको ऋण उपलब्ध गराउने । कृषिको उर्वरतालाई उचतम बिन्दुमा पुर्याउन कार्वन कोटेड युरिया कारखानाको स्थापना गर्ने ।
१२– स्वदेशी उत्पादन र उपभोग्य बस्तुहरुलाइ अन्तर्राष्ट्रिय बजारमा परिचित गराउदै । उध्योग बाणिज्य र यातायात क्षेत्रलाई व्यापक बनाउने ।

१३– बैदेशीक रोजगारीका क्रममा बिदेशीन बाध्य नेपाली युवाहरु जो अहिले ७ हजार भन्दा बढि विभिन्न राष्ट्रका जेलहरुमा नारकिय जीवन बिताइरहेका छन्न । नागरिक को सत्ता आउने बितिकै तिनिहरुको उद्बार गरि स्वदेश फिर्काउने पहिलो काम अभियानले गर्ने छ ।
१४– यातायात क्षेत्रका सम्पुर्ण ब्यवसाय र मजदुरहरुमा आर्थिक मन्दिका कारण पर्न गएको समस्याहरुको निराकरणका लागि प्रतक्ष्य लाभ प’ग्नेग÷ी उचित नीति लागू गर्ने ।

१५– शैद्बान्तिक शिक्षा को अन्त्य गरि व्यबहारिक शिक्षा प्रणालिको प्रारम्भ गर्ने । हाल मुलुकको सबैभन्दा महगो र आम नागरिकको आयआर्जनले थाम्न नसक्ने अबस्थामा रहेको नागरिकको आर्थिकभारलाइ मध्य नजर गरेर प्लस टु सम्मको शिक्षालाई निशुल्क गरिने । ६० बर्ष माथिका सबै नागरिकलाई उच्च सम्मानका साथ निश’ल्क स्वास्थ्य उपचार सेवा पु¥याउने । अबको दस बर्ष भित्र नेपालले बिश्व बजारमा कामका लागि ज्याला मज्दुर हैन, डाक्टर, इञ्जिनियर, नर्स, पाइलट, र्चाट÷ एकाउन्टेन्ट र बैज्ञानिकहरु लाई उच्च सम्मानका साथ पठाउने छ । जसका लागि १४ अञ्चलहरुमा अक्फोर्ड युनिभर्सिटी स्तरका बिश्व बिद्यालय, मेडिकल कलेजका साथै हिन्द’ विश्वविद्यालय ÷ प्राविधीक विश्वविद्यालयहरुको स्थापना गरिने छ । उच्च शिक्षा हासिलका लागि ठुलो धनराशि खर्च गरि बिदेशीनु पर्ने बाध्यता नेपालले सदाको लागि अन्त्य गर्ने छ ।
१६– बैंक तथा बितिय संस्थाहरुलाइ राष्ट्रिय करण गर्नु अभियानको पहिलो मुद्दा हो भने राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिकहरुलाइ बचाउनका लागि ब्यवस्था परिवर्तन गर्नु नै हाम्रो मुख्य उद्देश्य रहने छ ।

१७– समुदायमा उत्पादित कृषि जन्य उत्पादनलाई संकलन गरि बजारिकरणको ब्यवस्था मिलाउने ।
किसानहरुद्बारा उत्पादित दैनिक उपभोग्य बस्तु को बजार मूल्य र बिक्री को ब्यवस्थालाई सुनिश्चित गर्ने ।
१७– आउदो २०८४ सम्ममा राज्यको स्थानीय तहहरलाइ दल बिहिन बनाइने छ ।

१८– व्यवस्था परिवर्तन भएको ५ बर्ष भित्र नेपालका हिम श्रृखला, हिम नदिहरुबाट बगेको पानी सुद्धिकरण गरि विश्व बजामा पुर्याइ नेपाललाई पिउने पानीको देश भनेर बिश्व सामु परिचित गराइनेछ ।

१९– हालको ब्यवस्थाबाट आजित भएर बिदेशीन बाध्य युवाहरुको दक्षता र योग्यताको मुल्यांकन गरि अबको दस बर्ष भित्रमा १५० बन्दा बढि विभिन्न बिधाका बैज्ञानिकहरुको उत्पादन गरिने छ ।

२०– अबको २० बर्ष भित्रमा नेपालको हरेक कुना कुना सम्ममा सडक बिजुली बत्ती, खानेपानी ढलनिकास लगायतका सबै आबश्यक क्षेत्रलाई सुबिधा सम्पन्न बनाइ आफ्नै भुमिको आकाशमा स्पेश स्टेसन निर्माणको परिकल्पना लाई प्रारम्भ गरिने छ ।

२१ व्यवस्था परिवर्तन पश्चात् नेपालीको संविधानमा आमुल परिबर्तन गरि चुनावी प्रथाको अन्त्य गरि बिकसित मुलुकहरुको होडबाजीमा नेपाललाई पुर्याउने प्रथाका प्रारम्भ गरिनेछ ।
२२० देशभित्र भएका खानी तथा भ’गर्वहरुको खोज अन’सन्धान ग÷ि य’÷ोनियम, कप÷, लिथियम, पेट्रोल, स’न, तामा खानीको उत्खनन् ग÷ि नेपाल ÷ नेपालीलाई आर्थीक हिसाबले सबृद्ध बनाउने ।

२३० मातृ शक्तिहरुको चाहना समःया ÷ भावनाको उच्च सम्मान गर्दै मासिक रुपमा आवश्यक पर्ने सेनिटाईज÷ प्याड ःथानिय ःवाःथ्य चौकिहरु मर्पmत ह÷ नेपालीका घ÷ घ÷ ÷ विद्यालयहरुमा निश’ल्क उपलब्ध ग÷ाउने ।

२४० २०४६ साल यताका शिर्षदलका नेता, प्रधानमन्त्री, प“र्व प्रधानमन्त्री, ÷ाष्ट्रपति, मन्त्री तथा उच्च पदःथ कर्मचा÷ी ÷ काला वजा÷ीका घ÷ानिया ठ’ला व्यापा÷ीहरुको सम्पत्तिको छानविन ग÷ी अपचलन ग÷िएका सम्पत्ति ÷ स÷का÷ी जग्गाहरुलाई ÷ाष्ट्रिय क÷ण गर्ने ।
२५० मातृभ’मि नेपालमा जन्मिए÷ वाध्यतावस विदेशीन’ प÷ेका नेपालीहरु लाई नाग÷िकको स÷का÷ ःथापना भए पश्चात् दोहो÷ो नाग÷िकता ÷ाख्न पाउने सम्मको व्यवःथा मिलाईने ।
२६० अभियान विरोधी गतिविधि गर्ने र पिडितको उद्धारका नाममा अभियानका सदस्यनै पिडक बन्न पुगेको थाहा पाए र प्रमाणीत भए जुनसुकै तह र तप्काको भए पनि तत्काल कठोर भन्दा कठोर कारबाही गर्ने ।

यस प्रकारका भावीनीति तथा कार्यक्रमहरुलाइ पारित गर्दै महा अभियानको पबित्र संगठन लाइ आन्तरिक तथा बाह्य आक्रमणको चपेटाबाट बचाउदै नेपाली जनताको कारुणीक जीवन शैलीमा खुशीको बहार ल्याउनका लागि शक्ति स्वरुपिणी माता दुर्गा भगवतीको मन्दिरमा श्रीमद्भागवत गीतालाइ हातमा लिएर सद्कर्म र सद्बविचार का साथै सधै सद्ममार्ग लागेर संगठन भित्र को मान, मर्यादा र गोपनियता भङ्ग गर्ने छैन र सधै पद पैसा र परस्त्री भन्दा माथि उठेर राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउका लागि सधै एक भएर अघि बढ्ने छौ भन्ने सफत ग्रहण गर्दै नागरिक बचाउ महा अभियानको प्रथम एतिहासिक भेला झापाको बिर्तामोडमा सम्पन्न गरिएको थियोे