प्रधानमन्त्री ओलीले भोलि विश्वासको मत लिँदै, राप्रपाले विपक्षमा भोट गर्ने
दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको सरकारका प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएपनि छिटै विश्वासको मत लिने भएका हुन ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको सहयोगमा असार २८ गते १६६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेस गरेको र सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्ति भएका ओलीलाई एमालेसँगै सहकार्य गरेर निर्वाचित भएका राजेन्द्र लिङदेन र उनको पार्टी राप्रपाले भने विश्वासको मत नदिने निर्णय गरेको छ ।
राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।
नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक भने पनि सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय लिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|



