अन्तरिक्षामा आफ्नै स्याटेलाइट र सात बुँदे सहमति खुलाए प्रधानमन्त्री ओलीले

अन्तरिक्षामा आफ्नै स्याटेलाइट र सात बुँदे सहमति खुलाए प्रधानमन्त्री ओलीले
  • ६ श्रावण २०८१, आईतवार ०८:४३

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग भएको सात बुँदे सहमति बाचन गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेससँग भएको सहमतिबारे जानकारी गराएका हुन् ।

mulpatra

राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्कय संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या समाधान गरेर देशमा रोजगारीको समस्या सिर्जना गर्ने बताए ।

सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा प्राथमिकता दिने, विश्वसनीय व्यवसायिक वातावरण तयार गर्ने, सरकार दुई वर्षसम्म केपी शर्मा ओलीले र ०८४ मंसिरमा हुने चुनावसम्म शेरबहादुर देउवाले नेतृत्व गर्ने, न्युनतम साझा कार्यक्रम तय गर्ने, समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने रहेको उल्लेख गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, ‘नेपालको स्वामित्वमा रहेको अर्बाइटल स्लट उपयोग गरी अन्तरिक्षामा आफ्नै स्याटेलाइट स्थापना गर्नेछौँ ।’

mulpatra mulpatra mulpatra

उनले वैदेशिक रोजगारीका कारण उपभोक्ताको उपयोग गर्ने तरिका र मागमा परिवर्तन आएको सुनाए । वैदेशिक रोजगारीले कस्तो परिवर्तन आयो भन्ने नेपाल राष्ट्र बैंकले अध्ययन गर्ने उनले बताए । ‘वैदेशिक रोजगारीले कुनकुन अवयवमा के कस्तो परिवर्तन गरेको छ, माग र आपूर्ति कहाँ बढेको छ, कहाँ घटेको छ भन्ने बारेमा राष्ट्र बैंकले विस्तृत अध्ययन गर्नेछ ।’ उनले भने ।

प्रधानमन्त्री ओलीले बालबालिकालाई भोकै मर्न नदिइने बताए । स्कुल जान, पढ्न नपाएका, जाडोमा न्यायो लुगा लगाउन नपाएका बालबालिका र भोक लाग्दा खान नपाएकाहरू सरकारको प्रमुख चासोको विषय भएको उनले बताए ।