कांग्रेस–एमालेको सातबुँदे सहमतिमा प्रसाईको टिप्पणी देश दंगातिर धकेलिने खतरा
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार १७ गते मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् । उनले आइतबार संसद्बाट विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले सहमतिका ७ बुँदा वाचन गरेका थिए ।

ओलीले सार्वजनिक गरेको सात बुँदे सहमतिको अहिले आलोचना हुन थालेको छ । ओलीले विश्वास मत माग्दै पछिल्लो समयमा देशमा स्वतन्त्र रुपमा जनताका लागि काम गरिरहेका अभियानप्रति पनि काटक्ष गरेका छन् । उनको यस संम्बोधनको अहिले सामाजिक सञ्जालमा विरोध सुरु भइरहेको छ ।
सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा प्राथमिकता दिने, विश्वसनीय व्यवसायिक वातावरण तयार गर्ने, सरकार दुई वर्षसम्म केपी शर्मा ओलीले र ०८४ मंसिरमा हुने चुनावसम्म शेरबहादुर देउवाले नेतृत्व गर्ने, न्युनतम साझा कार्यक्रम तय गर्ने, समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने रहेको उल्लेख गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|
सरकार गठन भएको मितिले पहिलो दुई वर्ष एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने र त्यसपछिको बाँकी अवधि चुनावसम्मै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको उल्लेख गरिएको छ
सात बुँदे सहमतिलाई मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ संयोजक दुर्गा प्रसाईले टिप्पणी गरेका छन् । गत साता मात्र झापा घोषणापत्र जारी गरेका प्रसाईले ओलीले निषेधको राजनीतिक गर्न खोजे देश दंगातर्फ जाने संकेत गरे । उनले सरकारको नेतृत्वमा सहभागि दललाई यस विषयमा ध्यानकर्षण समेत गराएका छन् ।
ओली उक्साहट र हस्तक्षेपको राजनीतिक गरे त्यसको जनताले प्रतिवाद गर्ने समेत उनले बताए । ‘ओलीले आफनो संम्बोधनमा अहिले उदाइरहेको शक्तिमाथि काटक्ष हानेको देखियो। जनताको मन जित्ने गरि काम गरिरहेको महाअभियानलाई निषेधको राजनीति गर्न खोजे त्यसको परिमाण नराम्रो आउँछ ।’ उनले भने ।
Image Source: © https://mulpatra.com
सरकारमा सहभागि दलले देश र जनताका लागि राम्रो काम गरेर त्यसको स्वागत हुने छ । सरकारमा सहभागि राजनीतिक दलले सामान्य ठानेर जनतामाझ उदाइरहेका संस्थामाथि आक्रमण गरेर त्यसको प्रतिवाद जनताले गर्ने समेत प्रसाईले जानकारी दिए ।
प्रसाईले पछिल्लो समय भुँईमान्छेका लागि महाअभियान सञ्चालन गर्दै आएका छन् । प्रसाई केही बर्षयता राजनीतिक दलका लागि चुनौती बनेका छन् ।
आज प्रधानमन्त्री ओलीले समेत सासंदमा प्रसाईले उठाउँदै आएका विषय समेटेर संम्बोधन गरेका छन् । बैकिङ समस्या, वैदेशिक रोजगारीका समस्या, अर्थतन्त्रको समस्या, सहकारीका समस्या र अन्य जनताले भोगेको समस्या प्रसाईले उठाउँदै आएका छन् । यीनै विषयलाई ओलीले आज सासंदमा सम्बोधन गरेका छन् ।
ओलीले प्रसाईसँगै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहतिर पनि संकेत गरेका छन् ।



