दुर्घटनामा घाइते पाइलट शाक्यको अवस्था सामान्य, बोलिरहेका छन्

काठमाडौं–सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएको पाइलट मनिषरत्न शाक्यको उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ ।
दुर्घटना घाइते पाइलट शाक्यको उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो ।उनको उपचार भइरहेको अस्पतालले जनाएको छ। क्याप्टेन शाक्यले परिवारका सदस्यहरुसँग भेटेर बोलिरहेका छन् ।
मनिषको अवस्था सुधार भइरहेको परिवारले बताएका छन् । उनको निधारमा काटेको छ । अहिले मनिषको होस पनि आइसकेको मनिषको काका अमूल शाक्यले नेपालप्रेसलाई बताए । केही बेरमा रिफर गर्ने तयारीमा भइरहेको छ ।
अस्पतालका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको थियो । सौर्य एयरलाइन्सको कर्मचारीहरु बोकेर काठमाडौंबाट पोखरा उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।