नेताहरूको अशुभ भविष्यवाणी गरेको अभियोगमा धर्मगुरू खतिवडा पक्राउ

काठमाडौं– आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख
एसएसपी वसन्त रजौरेले जानकारी दिए । नेतालाई अशुभ शब्दमा गाली गरेको अभियोगमा उनी पक्राउ गरेको उनले बताएका छन् । घरबाटै पक्राउ परेका खतिवडालाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ । प्रहरीका अनुसार उनले नेताहरूको अशुभ कामनासहित अनुष्ठान गर्न लागेको प्रचार गरेपछि पक्राउ गरिएको हो ।