Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

प्रसाईका एजेन्डामा सहानुभूति बटुल्न तछाड मछाड गर्दै कांग्रेस–एमाले

प्रसाईका एजेन्डामा सहानुभूति बटुल्न तछाड मछाड गर्दै कांग्रेस–एमाले
  • १४ श्रावण २०८१, सोमबार १०:२०

काठमाडौं–दुई बर्षयता मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले उठाएका एजेन्टमा अहिले सरकार र संसद्मा बहस सुरु भएको छ । प्रसाईले वैदेशिक रोजगारीका, आन्तरिक श्रम बजारका, कृषिका, व्यापारीका र नीजि क्षेत्रका समस्या उठाउँदै आएका छन् । साथै प्रसाईले मारवाडी, तस्करी, व्यापारी र भ्रष्टाचारी नेताहरुको भण्डाफोर गर्दै आएका छन् । उनले बैंक, सहकारी, लघुवित्त संस्था पीडितका पक्षमा दुई बर्षयता जोडदार आवाज र उनीहरुको बचाउका लागि सडक आन्दोलन गरिरहेका छन् ।

mulpatra

अहिले कांग्रेस–एमाले नेतृत्वमा बनेको सरकारले उनै प्रसाईले उठाएका एजेन्डाबाट सहानुभूति बटुल्न लागि परेको पाइन्छ । दुवै पार्टीले आगामी निर्वाचनमा मुख्य एजेन्डा पनि उनै प्रसाईले उठाएका विषय बनाउन खोजिरहेको प्रष्ट देखिन्छ । कांग्रेस एमालेले मात्र होइन, अन्य पार्टीले समेत प्रसाईका एजेन्डा केन्द्रीत राजनीतिक गर्ने तयारीमा छन् ।

प्रसाईले उठाएका एजेन्डा केन्द्रीत भएर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हिजो मात्र सासंदमा बोलेका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै शर्माले हवाइ दुर्घटनादेखि बूढीगण्डकी हुँदै भ्रष्टाचारका फाइल खोल्ने विषयमा सरकार कठोर हुनुपर्ने माग राखे । अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्न काम अघि बढाउन पनि उनले सरकारको ध्यानकर्षण गराएका थिए ।

mulpatra mulpatra mulpatra

यस्तै, शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि–स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्ने माग राखे । हिजो सासंदमा शर्माले उठाएका विषयमा गत साता मात्र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए ।

प्रसाईले दुई बर्षयता उठाएका केही महत्वपुर्ण विषय राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमा समेत समेटेको छ । एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलको निर्देशनमा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले प्रसाईले उठाएका सहकारी, बैंक र लघुवित्त पीडितका समस्या मौद्रिक नीतिमा समेटेको पाइन्छ ।

प्रसाईका कारण बैंक, सहकारी र लघुवित्त संस्थाका ऋणलाई कालोसूचिमा नराख्ने र तत्काल उनीहरुको धितो निलाम नगर्ने राष्ट्र बैंकले मौद्रिक नीतिमा ल्याएको हो । साथै, मिटरब्याजी, बैंक, सहकारी र अन्य आर्थिक पीडितका हकमा पनि प्रसाईको आन्दोलनले ठुलो राहत मिलेको छ । उनकै आन्दोलनका कारण उनीहरुले मौद्रिक नीतिमा केही सुविधा र छुट समेत पाएका छन् ।

Image Source: © https://mulpatra.com

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले समेत प्रसाईका एजेन्डालाई आत्मासाथ गर्दै सार्वजनिक कार्यक्रममा भाषण गरिरहेका छन् । प्रसाईले जस्तै ओलीले पनि सहकारी, बैंक, लघुवित्त र मिटरब्याजीका विषयलाई प्रथामिकतामा राखेका छन् । एक बर्ष अघिसम्म यी विषयमा कुनैपनि राजनीतिक दलले मुख खोल्न सकेका थिएन । तर पछिल्लो समय प्रसाईले उठाएका एजेन्डामा सबै राजनीतिक दलको नजर परेको छ । अहिले उनकै एजेन्डामा कांग्रेस–एमाले नै तछाड–मछाड गरिरहेका छन् ।