प्रधानमन्त्रीले भने, धरहरा बालेनको महानगरपालिका विशेषको होइन, अब खुलाउनुपर्छ

प्रधानमन्त्रीले भने, धरहरा बालेनको महानगरपालिका विशेषको होइन, अब खुलाउनुपर्छ
  • १५ श्रावण २०८१, मंगलवार ११:१८

काठमाडौ–प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा र त्यसको पार्किङ कुनै पालिका (स्थानीय तह) विशेषको नभएको बताएका छन् । काठमाडौं महानगरपालिकाले आफ्नो हक लाग्ने दाबी गर्दै आएको धरहरा र त्यसको मुनि बनेको भूमिगत पार्किङ क्षेत्रलाई प्रधानमन्त्रीले संघीय सरकार मातहत नै सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन् ।

mulpatra

सोमबार मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले तयार हुन नपाउँदै धरहराको पार्किङ महानगरपालिकाले खुला गरेकामा असन्तुष्टि जनाए । ओलीले निर्माणाधीन अवस्थामा नै २२ तले मूल टावर बनिसकेको भन्दै ११ वैशाख २०७८ मा धरहराको उद्घाटन गरेका थिए ।

‘अब त्यसलाई सञ्चालन गरिहाल्ने, त्यसलाई कसरी आम्दानीको स्रोत बनाउनुपर्छ, मनोरञ्जन पनि हुन्छ’, उनले भने, ‘कुन मन्त्रालयले कहाँबाट सञ्चालन गर्ने हो, त्यसको छुट्टै कार्यविधि बनाएर यस्ता कुरा सञ्चालन गर्ने हो ।’

mulpatra mulpatra mulpatra

आफ्नै पहलमा ‘मै बनाउँछु मेरो धरहारा’ अभियान सुरु गरेर ३६ करोड रुपैयाँ संकलन गरिएको भन्दै प्रधानमन्त्री ओलीले त्यसमा मकै पोलेको पैसा र साग बेचेको पैसा पनि रहेको बताए । ‘त्यसलाई व्यवस्थित ढंगले सञ्चालन गरौं, त्यहाँ लिफ्ट किन खिया लागेर बस्न दिने ?’, उनले भने, ‘युवाहरुलाई ताकत परीक्षण गर्न भ¥याङ पनि छ । धहरहराबाट काठमाडौं कम्ता मनमोहक देखिंदैन, किन सञ्चालन नगर्ने ? ’

हाल पुनर्निर्मित धरहरा क्षेत्रको अधिग्रहणसहित सञ्चालन र भूमिगत पार्किङको परिकल्पना आफ्नै भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले धरहरा चढ्न सरकारले खुला गरिहाल्नुपर्ने बताए । कमलादीमा युवा व्यवसायीले बनाएको ‘स्काइ वाक टावर’ले वर्षमा २२ करोड कमाएको दाबी गर्दै उनले धरहरा पनि सरकारका लागि आयस्रोत हुने बताए ।