कारणविना ओलीको निर्देशनमा प्रसाईलाई पक्रिन खोज्दै प्रहरी

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको निर्देशनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्रिने खोजिरहेको पाइएको छ । यस विषयमा केही दिनयता सामाजिक सञ्जालमा चर्चा समेत छ ।
ओलीले व्यक्तिगत इगोका कारण प्रसाईलाई पक्राउ गर्न गृह मन्त्रालयलाई दबाब दिइरहेको प्रहरी स्रोतको भनाइ छ । तर गृहमन्त्री रमेश लेखकले भने अहिले प्रसाईलगायतका केही व्यक्तिलाई नपक्रिने पक्षमा छन् । उनी विनाकारण कसैलाई नपक्रिने पक्षमा छन् ।
गहृमन्त्रालयका एक उच्च अधिकारीका अनुसार गहृमन्त्री लेखक अहिले धरपकड गर्ने पक्षमा छैन । उनी शान्ति सुरक्षा कायम गर्दै काम गर्ने पक्षमा रहेको गृह मन्त्रालयकै कर्मचारी बताउँछन् ।
बाहिर जे सुकै हल्ला भइरहेको होला । तर अहिले कसैलाई पक्रिने कुरा नभएको गृहमन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।
यता एमालेका केही शीर्ष नेताहरुले भने प्रसाईविरुद्ध सरकारको नेतृत्वमा रहेका बेला खनिन खोजिरहेको पाइन्छ । उनीहरुले ओलीको निर्देशनमा प्रसाईलाई पक्रिनुपर्ने दबाब गहृमन्त्रीलाई दिन खोजीरहेको पाइन्छ । तर गृहमन्त्री भने तत्काल कसैको भनाइ सुन्ने पक्षमा नरहेको पाइएको छ । सरकारले कुनैपनि नागरिकलाई कारणबिना पक्रिन नपाउने प्रसाईको तर्क छ । आफुले राज्यविरुद्ध केही नकारात्मक काम नगरेको उनको भनाइ छ ।
प्रसाईले विगत केही बर्षदेखि ऋण मिनाहा गराएर ऋणीहरूलाई मुक्ति दिलाउने भन्दै आन्दोलन गरिरहेका छन् । गत बर्षको मंसिर ७ गते प्रसाईसँग युवा संघले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । त्यति बेला एमालेनिटक युवा संघको भन्दा प्रसाईको कार्यक्रममा जनताको सहभागि बढी थियो । भने उनको प्रदर्शनले एमालेलाई ठुलै चुनौती दिएको सन्देश जनतामा पुगेको थियो । त्यतिबेला देखि ओलीले प्रसाईसँग व्यक्तिगत इगो साध्न थालेका थिए ।
गत मंसिरयता प्रसाईले गरेको हरेक कार्यक्तम नियाल्दै आएका ओलीले प्रसाईलाई चुनौतीका रुपमा लिएको देखिन्छ । उनको कार्यक्रममा जनताको सहभागिता देखिएर प्रसाईसँग ओली त्रसित छन् ।
प्रसाई नागारिक बचाउ महाअभियानका संयोजक हुन् । प्रसाईले आफनो महाअभियानमार्फत भ्रष्टाचार, तस्करी र मारवाडीले गरेको विकृत्तिका बारेमा भण्डाफोर गर्दै आएका छन् । पछिल्लो समय प्रसाईले चलाएको महाअभियानमा तस्कर नेताहरु पनि परिरहेका छन् ।
ओली प्रसाईपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहसँग पनि रुष्ट छन् । ओलीले पार्किङ लगायतका अन्य योजनामा बाहाना बनाएर बालेनलाई समस्यामा पार्न खोजिरहेको पाइन्छ । हिलो मात्र ओलीले धरहराको पार्किङ खोल्ने विषयमा सार्वजनिक अभिव्यक्ति दिएका थिए । ३–४ महिनायता ओली र बालेनबीच सामाजिक सञ्जालमा विवाद भइरहेको छ ।