Close

Recent Posts

कसैलाई जोगाउन प्रहरी संगठनको दुरुपयोग हुन दिन्न गृहमन्त्री लेखकको प्रतिबद्धता

कसैलाई जोगाउन प्रहरी संगठनको दुरुपयोग हुन दिन्न गृहमन्त्री लेखकको प्रतिबद्धता
  • १६ श्रावण २०८१, बुधबार १०:५९

काठमाडौं– गृहमन्त्री रमेश लेखकले प्रहरीको सरुवालाई सरुवाकै रुपमा बुझ्न आग्रह गरेका छन् । साथै उनले प्रहरी प्रशासन कसैलाई जोगाउन वा नजोगाउन दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभाको बधुबार बसेको सुशासन समितिको बैठकमा केही सांसदले प्रहरी सरुवाबारे प्रश्न उठाएका थिए ।

जवाफ दिने क्रममा गृहमन्त्री लेखकले सरुवालाई सरुवाकै रुपमा लिन आग्रह गरे । ‘कर्मचारी सरुवा हुन्छ, सरुवालाई सुरुवाकै रुपमा बुझ्दा सहज हुन्छ’ उनले भने, ‘भर्खर २०÷२१ जना सचिवको सरुवा भएको छ । ९१ जना न्यायाधीशको सरुवा भएको छ ।’ उनले प्रहरी संगठन र प्रशासनलाई दुरुपयोग भने हुन नदिने प्रतिबद्धता जनाए । ‘कसैलाई जोगाउन वा नजोगाउन प्रहरी संगठन र प्रशासनको दुरुपयोग हुन दिने छैन’, उनले भने ।