Close

Recent Posts

यूएईबाट उद्धार गरिएका दुई पीडित उचालेर प्रसाईमाथि नचाहिँदो आरोप

यूएईबाट उद्धार गरिएका दुई पीडित उचालेर प्रसाईमाथि नचाहिँदो आरोप
  • १८ श्रावण २०८१, शुक्रबार ११:२२

काठमाडौं– युएईमा मृत्यदण्डको सजाय सुनुवाई भएका दुई जना युवालाई मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको पहलमा उद्धार गरी स्वदेश ल्याइएको थियो । विहिबार ओखलढुंङ्गाका पहलमान थापा मगर र धादिङका भुवन श्रेष्ठलाई प्रसाईको पहलमा स्वदेश फकाइयो ।

mulpatra

उनीहरुलाई यूएईको तल्लो अदालतले ५०–५० लाख ब्लडमनीको सजाय सुनाएको थियो । उनीहरु दुवै जनाको ब्लडमनी तिर्ने समय सकिएपनि प्रसाईले पाँच महिना थप्न लगाएका थिए । उनीहरु ज्यान मारेको अभियोगमा जेलमा थिए । यस मुद्धामा उनीहरुलाई ब्लडमनीको सजाय सुनाइएको थियो ।

प्रसाईसहित महाअभियान, केही समाजसेवी, पत्रकार र अन्यको सहयोगमा थापामगर र श्रेष्ठको ब्लडमनी संकलन भयो । उनीहरुलाई ब्लडमनी तिरेर स्वदेश फकाउन १ करोड नौ लाख खर्च लागेको थियो । तर हिजोदेखि समाज भाडुवाहरुले थापा र श्रेष्ठलाई उचालेर प्रसाईमाथि नभएको आरोप लगाउन थालेका छन् । प्रसाईले नै उनीहरुको ब्लडमनीका बारेमा केही बोलेका छैनन । श्रेष्ठ र थापाका परिवार आएर भेटेपछि प्रसाईले उनीहरुलाई ब्लडमनी संकलनका लागि सबैसँग आग्रह गरेका थिए ।

ब्लडमनी मैले दिएको भनेको छैन । सबै संघ–सस्था, समाजसेवी र व्यक्तिले उठाएर थापा र श्रेष्ठलाई स्वदेश ल्याइएको प्रसाईले बताएका छन् । समस्यामा परेका व्यक्तिको उद्धार भएपछि केही नकारात्मक सोच भएका समाजमा विकृत्ति फैलाउने व्यक्तिले नचाहिँदो आरोप लगाएको प्रसाईको भनाइ छ । प्रसाईमाथि नभएको आरोप लगाएको दुवै जना पीडितले समेत बताउँदै आएका छन् ।