मोहित आवाजकी कथा वाचिका प्रतिभा

मोहित आवाजकी कथा वाचिका प्रतिभा
  • २१ श्रावण २०८१, सोमबार ०६:५७

काठमाडौं– देवी प्रतिभाको नामले परिचित प्रतिभा पराजुली काभ्रेको मन्डनदेउपुर ज्वानेटारमा जन्मिएकी हुन्। साधुराम पराजुली र इन्दिरा पराजुलीकी माइली छोरी हुन् प्रतिभा। उनी पशुपति क्षेत्रमा लगाइएको कोटिहोमा कथा वाचनका लागि भारतको वृन्दावनबाट काठमाडौं आएकी हुन्। उनले नर्सरीदेखि कक्षा ३ सम्म गाउँको स्कुलमा पढिन्। संस्कृत पढ्ने उनको बालहटका कारण उनलाई काठमाडौं ल्याइयो। त्यसपछि वृन्दावनमा गएर उनले संस्कृत व्याकरण पढ्न थालिन्।

mulpatra

देवी प्रतिमा एक तिक्खर कथावाचक हुन्। उनी भागवत पुराणका साथै रामचरित मानस पनि सुनाउँछिन्। उनको सबैलाई लठ्याउने खालको कथावाचन शैली छ।

शान्त सुशील स्वभावकी देवी प्रतिभा आफ्नो उद्देश्य प्राप्तिमा सानैदेखि अटल भएर लागिरहिन्। पण्डित बन्ने आफ्नो उद्देश्य पूर्तिका लागि उनी जस्तोसुकै जोखिम मोल्न पनि तयार भइन्। १२ वर्षको हुँदा भारतको वृन्दावन पुगेकी उनले १७ वर्षको उमेरदेखि कथा वाचन सुरु गरेकी हुन्।

mulpatra mulpatra mulpatra

हजुरबुबाको प्रेरणाले नै वृन्दावनसम्म पुगेर अध्ययन थालेको २३ वर्षीया देवी प्रतिभा बताउँछिन्। विभिन्न सामाजिक काममा सम्लग्न संस्था राष्ट्र सेवा परिवारमा पनि उनी आबद्ध छन्। देवी प्रतिभाले भारतका विभिन्न स्थानमा आफ्नो प्रवचन दिइसकेकी छिन्। उनी अन्तर्राष्ट्रिय रूपमै यति चर्चित छन् कि प्रवचनका लागि उनको आगामी दुई वर्षसम्मका लागि व्यस्थ तालिका छ।

देवी प्रतिमा एक तिक्खर कथावाचक हुन्। उनी भागवत पुराणका साथै रामचरित मानस पनि सुनाउँछिन्। उनको सबैलाई लठ्याउने खालको कथावाचन शैली छ। उनले सुनाएका कथा कोटिहोममा उपस्थित हजारौं भक्तजनले मन्त्रमुग्ध भएर सुनिरहे। उनी जहाँ–जहाँ प्रवचनका लागि जान्छिन्। त्यहाँ निकै ठूलो भीड जम्मा हुने गर्छ। यही कारणले गर्दा उनलाई सम्बन्धित आयोजकले विशेष सुरक्षा प्रदान गर्ने गरेको छ। त्यसैगरि आफ्नो सुरक्षाका लागि भारत सरकारले समेत केही अंग रक्षक दिएको उनले सञ्चार माध्यममा बताएकी थिइन्।

उनको कथा वाचन मात्रै होइन, सुमधुर स्वरमा गाइएको भजनलाई पनि दर्शकले अत्यधिक रुचाएका छन्। शास्त्रले नारी शक्तिको सर्वदा सम्मान हुनुपर्छ भनेको उनले वाचनको क्रममा भन्ने गरेकी छन्। ‘नारीले पनि पुरुषको सम्मान गर्नुपर्छ र पुरुषले पनि नारीको सम्मान गर्नुपर्छ’, उनले एक अन्तर्वार्तामा भनेकी थिइन्।

Image Source: © https://mulpatra.com