नुवाकोट हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ५ जना (नामावली)
काठमाडौं–नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबैको निधन भएको छ । हेलिकप्टरमा जम्मा पाँच जना सवार थिए। उनीहरू सबैको निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अुनसार १ जना महिला र ४ जना पुरुषको शव निकालिएको छ ।

एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटनामा परेर ४ विदेशीसहित एक नेपालीको निधन भएको हो । हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए । सवार चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सीको पनि निधन भएको छ ।
