कुलमानलाई हटाए लोकप्रियता घुम्ने त्रासमा ओली, बाहिरिन सुरक्षित बाटो खोज्दै घिसिङ

कुलमानलाई हटाए लोकप्रियता घुम्ने त्रासमा ओली, बाहिरिन सुरक्षित बाटो खोज्दै घिसिङ
  • ३१ श्रावण २०८१, बिहीबार १०:४३

काठमाडौं–नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सरकारबीच अहिले द्वन्द्व चलिरहेको छ। उनीहरुबीच डेडिकेटेड र ट्रन्क लाइन बिल भुक्तानीका विषयमा विवाद चर्किदै गएको छ ।

mulpatra

प्रधानमन्त्री केपी ओली प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जसरी भएपनि राजिनामा दिन बाध्य बनाउने लागि परेका छन् । भने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तत्काल ओलीसँग नगल्ने र जसरी हुन्छ उनको सामना गर्ने पक्षमा छन् ।
घिसिङ जसरी भएपनि आफुले विगतमा कमाएको लोकप्रियता घटाएर बाहिरिने पक्षमा छैन। भने प्रधानमन्त्री ओली घिसिङलाई के–कसरी हुन्छ दबाब दिएर भएपछि प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने पक्षमा छन् ।

कुलमानले अकुत सम्पति कमाएको गोप्य उजुरी अख्तियार दुरुपयोग अनुसन्धानमा साउन पहिला साता परेको थियो। त्यसपछि अख्तियारका कर्मचारीले घिसिङमाथि छानबिन सुरु गरेको छ । भने नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले तीन अघि मात्र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। उनले एन्टी करप्सन नेटवर्कमा घिसिङविरुद्ध उजुरी दिएका हुन्। प्राधिकरणका कार्यकारी घिसिङले बचाउ र उनले सामाजिक सञ्जालमार्फत मानहानी गर्ने काम गरेको आरोप लगाएका छन् ।

mulpatra mulpatra mulpatra

अख्तियारमा ओलीले नै आफना कार्यकर्तालाई गोप्य उजुरी दिन लगाएको घिसिङको बुझाइ छ । तर उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा नआएको बताएका छन् ।
प्रधानमन्त्री केपी ओली सत्तामा आउनेबित्तिकै ६ ठूला उद्योगहरुको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निर्देशनमा प्राधिकरणले विद्युत काटेपछि ओली उनीसँग चिढिएका थिए ।

ओलीले सार्वजनिक कार्यmक्रममार्फत तत्काल उद्योगहरुमा विद्युत जाडन गर्न मौखिक निर्देशन घिसिङलाई दिएका थिए। तर ओलीको निर्देशन घिसिङले वेवास्ता गरेपछि उनीसँग प्रधानमन्त्री चिढिएका छन् । विगत ९ वर्षदेखि ट्रंक तथा डेडिकेट विद्युत महसुलको विषयमा विद्युत प्राधिकरण र उद्योगीबिच चर्को हुँदै आएको थियो। उद्योगीहरुले सरकारमा सहभागि ओलीका साथ लिएर घिसिङमाथि दबाब सिर्जना गर्दै छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकारमा हुँदा शक्तिशाली देखिएका घिसिङलाई नैतिकता र लोकप्रियतामाथि प्रश्न उठाएर पदबाट हटाउन ओलीले लागेका छन् । तर तत्काल घिसिङलाई हटाएर ओलीको लोकप्रियता र सरकारमाथि प्रश्न उठने अवस्था छ ।
प्रधानमन्त्रीको मौखिक निर्देशन नमानेपछि कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रधाननमन्त्री ओलीको सम्बन्ध थप चिसिन पुगेको छ । आफनो लोकप्रियता नघटाइ राजिनामा दिने पक्षमा घिसिङ छन् । देशलाई लोडसेडिङ मुक्त बनाउन घिसिङले महत्वपुर्ण भुमिका खेलेको छन् ।

Image Source: © https://mulpatra.com