प्रसाईले राष्ट्रिय झण्डा ओढाएर पशुपति आर्यघाटमा आठ वेवारिसे शवको दाहसंस्कार गरे
काठमाडौं–मेडिकल व्यवसायी तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाई आठ वटा वेवारिसे शवको दाहसंस्कार गरेका छन् । प्रसाईले पहिलो पटक वेवारिसे शवको पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर दाहसंस्कार गरेका हुन् । उनले पहिचान नखुलेका र वेवारिसे शवको आफनै खर्चमा दाहसंस्कार गरि दिएका हुन् ।

प्रसाईले दाहसंस्कार गरेका शव केही वर्षदेखि विभिन्न स्थानमा वेवारिसे अवस्थामा थिए । देश र जनताका लागि आवाज उठाउँदै आएका प्रसाईले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरुको शव समेत नेपाल ल्याउन सहयोग गर्दै आएका छन् ।
उनले तीन बर्षभित्र ५० वटाभन्दा बढी शव नेपाल ल्याउन पीडित परिवारलाई सहयोग गरेका छन् । प्रसाईले स्वदेशमा वेवारिसे शवलाई पनि दाहसंस्कार गरेर सहयोग गर्न थालेका हुन् ।
सरकार जनताप्रति जिम्मेवार नभएपछि आफुले वेवारिसे शव दाहसंस्कार गर्नु परेको प्रसाईले बताए । उनका अनुसार देश भनेको जनता हो । त्यही भएर देश र जनताका लागि यस्तो कदम चाल्नुपरेको उनको भनाइ छ । जनताका लागि आफु जुनसुकै काम गर्नपनि तयार भएको प्रसाई बताउँछन् ।
