एकैदिन सुनको मूल्य ३ हजार बढ्यो

एकैदिन सुनको मूल्य ३ हजार बढ्यो
  • २ भाद्र २०८१, आईतवार ०५:२६

काठमाडौं–सुनको मूल्यले फेरि नयाँ उचाई बनाएको छ । आइतबार एकैदिन ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

mulpatra

छापावाला सुनको भाउ आइतबार १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार भने छापावाला सुनको भाउ १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यसअघि साउन अन्तमा (साउन २९ गते) १ लाख ५० हजार ८०० रुपैयाँ पुगेर कीर्तिमानी रेकर्ड कायम गरेको थियो । आइतबार उक्त रेडर्क तोड्दै ऐतिहासिक उचाईमा पुगेको छ ।

mulpatra mulpatra mulpatra

यस्तै, साताका पहिलो काराबोर दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी तोलामा ५० रुपैयाँले बढेर एक हजार ८१० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन भने चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा खरिदबिक्री भएको थियो।