नक्कली शरणार्थी प्रकरण: बेचन झालाई थुनामा पठाउन आदेश

नक्कली शरणार्थी प्रकरण: बेचन झालाई थुनामा पठाउन आदेश
  • २ भाद्र २०८१, आईतवार १०:११

काठमाडौं– बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा झन्डै एक वर्षपछि समातिएर अनुसन्धान गरिएका झालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षमा थुनामा पठाउन आदेश गरेको हो । उनले इन्कारी बयान दिएका थिए ।

mulpatra

न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउने आदेश गरेको हो । झामाथि नेताहरूसँग ‘सेटिङ’ मिलाएको आरोप थियो ।