कुलमानले लोडसेटिङ अन्त्य गरे,ओलीले आफनो भ्रष्टाचार लुकाउन उनैलाई दोषी देखाउन खोज्दैछन्:प्रसाई
काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रधानमन्त्री केपी ओलीबीच अहिले द्वन्द्व चलिरहेको छ। उनीहरुबीच डेडिकेटेड र ट्रन्क लाइन बिल भुक्तानीका विषयमा विवाद चर्किदै गएको छ । यस विषयमा नागरिक बचाउ महाअभियान तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले फरक टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीले आफनो भ्रष्टाचार लुकाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोष लगाउन थालेको आरोप लगाएका छन् ।

कुलमानले विद्युत प्राधिकरणको नियमअनुसार नै समयमा विजुलीको पैसा नतिर्ने तस्कर व्यापारीको लाइन काटेका हुन् । यसमा सरकारले सहयोग गर्नुपर्ने हो । तर सरकारको नेतृत्व गरेका ओलीले यस विषयमा टाउको दुखाउनुपर्ने कारण नभएको प्रसाईले बताए । ‘ओलीले आफनो भ्रष्टाचारका मुद्धा लुकाउन कुलमानमाथि खनिएका हुन् । यसमा त्योभन्दा बढी कारण छ्रैन । कुलमानले देश र जनताका लागि ओलीभन्दा राम्रो काम गरेका छन् ।’ उनले भने ।
प्रसाईका अनुसार कलुमानले नेपाललाई लोडसेटिङ मुक्त बनाउन ठुलो योगदान गरेका छन् । ओलीले देश बनाउन के काम गरेका छन् । ओली आफनो वरीपरी भ्रष्टाचारी, तस्करी व्यापारी र आफुनै भ्रष्टाचारमा लिप्त भएको प्रसाईले जानकारी दिए ।
प्रधानमन्त्री केपी ओली प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जसरी भएपनि राजिनामा दिन बाध्य बनाउने लागि परेका छन् । भने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तत्काल ओलीसँग नगल्ने र जसरी हुन्छ उनको सामना गर्ने पक्षमा छन् ।
ओलीसँग कुलमान नडराई लड्नुपर्ने प्रसाईको सुझाव छ । देशका लागि काम गर्ने व्यक्ति भ्रष्टाचारी प्रधानमन्त्रीसँग किन डराउनुपर्ने हो । अब ओलीजस्ता नेता चाँही डराउन दिन आएको उनको भनाइ छ ।
![]() |
![]() |
![]() |
|---|
घिसिङ जसरी भएपनि आफुले विगतमा कमाएको लोकप्रियता घटाएर बाहिरिने पक्षमा छैन। भने प्रधानमन्त्री ओली घिसिङलाई के–कसरी हुन्छ दबाब दिएर भएपछि प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने पक्षमा छन् ।
कुलमानले अकुत सम्पति कमाएको गोप्य उजुरी अख्तियार दुरुपयोग अनुसन्धानमा साउन पहिला साता परेको थियो। त्यसपछि अख्तियारका कर्मचारीले घिसिङमाथि छानबिन सुरु गरेको छ । भने नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले तीन अघि मात्र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। खरेल पनि भ्रष्टाचारी भएको जनताले आवाज उठाउँदैछन् ।
Image Source: © https://mulpatra.com



