भारतीय नागरिक सवार बस मर्स्याङ्दीमा खस्यौ १८ जनाको मृत्यु
तनहुँको आँबुखैरेनीनजिकै पृथ्वीराजमार्ग बाट शुक्रबार मर्स्याङ्दी नदीमा भारतीय यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको प्रहरिले जनाएको छ। भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४१ जना यात्रु, एक जना चालक र एक जना सहचालक थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनामा परेको बसमा सबै भारतीय नागरिक सवार थिए ।
पोखरामा दुई दिनको पसाई पछि काठमाडौंका लागि शुक्रबार बिहान हिडेका थिए । तनहुँको ऐना पहरा जोखिमयुक्त ठाउँ हो त्यहि ठाउँबाट बस मर्स्याङ्दी नदीमा खसेको थियो ।
सहस्त्र प्रहरीको उद्धार टोलि घटनास्थलमा खटिएको थियो । उद्धार टोलीले १४ जनाको शव निकालेको र १६ जना घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल पठाएको जनाएको छ ।
पोखरामा बस्दा उक्त बसमा ४१ जना सवार रहेको पाइएको कारण केही यात्रु नदीमा हराइरहेको आशंका गरिएको छ ।
